काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई जिम्मा दिएको छ ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो । सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँडमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको थियो ।
बिर्तामोड / सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ ।यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।लामो समयपछि हिजो सत्ता गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँडमा सहमति कायम गरेका हुन् । अढाइ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेका बेला स
जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको बैठक बोलाएका छन् । उनले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले ती
बिर्तामोड / सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा कांग्रेसको टोली भारत जाने भएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरसिया बिहीबार भारत जाने भएका हुन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै सिलसिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।प
बिर्तामोड / नेकपा एमालेका सांसदहरुले संसद्मा कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नारा लगाएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमालेका सांसदहरुले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा सो नारा लगाएका हुन् । सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि
बिर्तामोड / नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सो कुरा बताएका हुन् । भट्टराईले भने, –‘महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको छ ।’महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्याउन भट्टराईले सहभागी जनप्रतिनिधिहरू सबैलाई आग्रह समेत गरेका छन् ।
काठमाडौँ / संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ । संघीय संसद सचिवालयको अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।
बिर्तामोड / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मन्त्रिपरिषद् विस्तारमा असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको हो ।आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।
कालिकोट / नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित भएका छन्। जिल्ला सभापति र सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन गरिएको कांग्रेसले जनाएको छ।कांग्रेस नेता भूपेन्द्रजंग शाहीका अनुसार कालिकोटका ८२ वडा, ९ पालिका र २ प्रदेश सभा क्षेत्रमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।प्रदेश सभा क्षेत्रीय सभापति भने नन्दबहादुर सिंह र आनन्दकुमार शाही चयन भएका थिए।
काठमाण्डौ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखी गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन एमाले प्रवेश गरेका हुन् ।पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनले राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरेका थिए ।पछिल्लो समय जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । त्यस्तै एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.