काठमाडौं— नेकपा एमाले निकट मानवअधिकार एलाइन्सको छैटौँ महाधिवेशन आज (बुधबार) देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको एलाइन्सका इन्चार्ज विष्णु रिजालले जानकारी दिए ।
बिहीबारसम्म चल्ने अधिवेशनमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका नागरिक संस्थाहरू र सामुदायिक संगठनकासाथै ४ सय प्रतिनिधिहरू सहभागी हुने रिजालको भनाइ छ । संगठनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एलाइन्स नेकपा एमालेका २३ जनसंगठनमध्येको एक रहेको एमालेले जनाएको छ ।