काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक एजेण्डामा प्रवेश नगरी सकिएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि विपक्षी दलहरूको बैठक बोलाएकोले कुनै एजेण्डामा छलफल नभएको सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेछ। अध्यक्षले विपक्षी दलहरूको बैठक बोलाएका कारण एजेण्डामा प्रवेश गर्न नसकेको उनले बताए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो बस्ने उनको भनाइ छ।

पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिक, सुदूरपश्चिम माओवादी संसदीय दलको विवादलगायत विषयमा छलफल गर्न बैठक बोलाएको नेताहरूले बताएका छन् ।