चितवन / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।उनले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले सुकुम्बासी समस्या समाधान संविधान अनुरूप गरिने जानक
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ओलीले पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।ओलीले भने –‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेके जस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौँ । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ ।’ उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताउँदै ओलीले भने, –‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौँ । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ।’
बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएका छन् । आज न्यायाधीशहरूसँगको प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो छलफलका क्रममा जबराले सडकमा बसेर माग्दैमा राजीनामा नदिने बताएका हुन् ।फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।उनले आफू संवैधानिक प्रक्रियाबाट
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै ओलीले हुलाकी सडक संचालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका हुन् । हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, –“हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मल
बिर्तामोड / सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गर्ने भएका छन् । भेटेका क्रममा न्यायाधीशहरूले राणासँग राजिनामाको माग गर्ने बताइएको छ । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणालाई भेट्ने र त्यहाँ अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले राजीनामाको प्रस्ताव राख्ने भएका छन् ।उनीहरूको पहिलो प्रस्तावमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ भन्ने हुनेछ । यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्नेछन् । प्रधानन्यायाधीश राणाको राजीनाम
काठमाडौं / सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गरी छुट्टै बैठक बसेका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश शमशेरलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।मार्ग प्रशस्त गर्ने निर्णय गरे पनि उनीहरूले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् । उनीहरूले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको छ । उनीहरूले मंगलबार प्रधानन्यायाधीशसँग भेटेर राय मागेपछि मात्र थप कदम चाल्ने निर्णय गरेका छन् ।प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुलकोर्ट बैठक ब
बिर्तामोड / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुने भएको छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी हुने भएका हुन् । मुलुकको कार्यकारी प्रमुखको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएपछि सम्मेलनको सम्पर्क मन्त्रालयका रुपमा रहेको वन मन्त्रालयले तयारी चु
काठमाडौं / परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा ९एमाले० बीच पनि छलफल गरेर सहमति भए तत्का
चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको बताइन्। यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनको भनाइ छ।उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ। यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह जिल्लामा उपस्थिति बढाउँदै लगेका छन् । सर्वोच्च अदालतको आदेशमा सत्ताच्युत बनेपछि भावी निर्वाचनलाई लक्षित गर्दै ओलीले आफ्नो गृहजिल्लामा उपस्थिति बढाएका हुन् । झापाकै गिरीबन्धु टि स्टेट जग्गा प्रकरण र सुपारी आयातमा आर्थिक लाभ लिएको आरोप लागेकाले पार्टीलाई कमजोर हुन नदिन ओलीले जिल्लामा गतिविधि बढाएको अड्कल काट्न थालिएको छ । नेकपा विभाजन र आफ्नै जिल्लाका दुई ठुला विषयमा भ्रष्टाचारको आरोप लागेका ओलीले विगतमा जसरी नै आइतबार आयोजित कार्यक्रममा पनि प्रष्टिकरण भने दिएनन् । ओलीका नातामा नाति समेत पर्न
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.