राजनीति

    Showing 5,531-5,540 of 7,590 items.
  • एमसीसीबारे बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पुर्‍याउने

    काठमाडौं / मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नेपाली कांग्रेसले नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउन पुस्तिकासहित भिडिओ पनि बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।  देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर(घरमा पुस्तिका पुर्‍याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश श

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 68 पटक पढिएको
  • माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित

    काठमाडौं / नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 75 पटक पढिएको
  • नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै

    काठमाडौं / नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार ) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ ।चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग अलग प्यानल दर्ता हुने भएको छ ।यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै टुंगो भइसकेको छैन । गठबन्धनमा कांग्रेस समर्थित प्रजातान्त्रिक कानून व्यवसायी संघ, डीएलएको नेतृत्वमा चुनावमा जाने सहमति भने भएको छ । उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दावी विरोध समय मंगलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ ।उम्मेद्वारको अन्तिम नामावली भने फाग

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 94 पटक पढिएको
  • एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक जारी

    काठमाडौं / नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा जारी छ ।बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 73 पटक पढिएको
  • माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक  आज बस्न लागेको हो ।बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।नेताहरुले आजको बैठकमा पदाधिका

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 62 पटक पढिएको
  • प्रधानन्यायाधीश राणा विरुद्ध महाअभियोग सिफारिस समिति गठन

    काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जनताविरुद्धको महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।नेपालको संविधानको

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 84 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक फागुन २९ सम्मका लागि स्थगित

    काठमाडौं / संसद् बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ ।आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 65 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटी बैठक भोलिका लागि सर्‍यो

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको आज बस्न लागेको केन्द्रीय कमिटी बैठक भोलिका लागि सारिएको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय भएको थियो भने बैठकलाई फेरि २ बजेका लागि सारिएको थियो ।छलफल अलिक नपुगेको र संसद् बैठक पनि आजै परेको भन्दै आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता गणेश शाहले जानकारी दिएका छन् ।शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने तयारी गरिएको थियो । भोलि बस्न लागिएको उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी बारे उठेका प्रश्नको जवाफ दिएलगत्तै  बैठकका नियमित कार्यसूचीमा छलफल हुने भएको छ । माओवादी केन्द

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 48 पटक पढिएको
  • राप्रपा नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन

    काठमाडौँ / राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् । यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 69 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटी बैठक २ बजे सर्यो

    काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो ।माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार ११ बजेका लागि तय गरिएको बैठक २ बजे बस्ने भएको हो । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने भएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 63 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा