राजनीति

    Showing 5,491-5,500 of 10,345 items.
  • सुशासनसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन

    काठमाडौं— ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी दलहरूले मत विभाजनको माग गरेका छन् । प्रतिपक्षी दलहरू नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेका हुन् । २८ जना सांसदले उठेर मत विभाजन गर्न माग गरेपछि अहिले मत विभाजन चलिरहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मत विभाजनको माग गर्दै विधि र प्रक्रिया पुर्‍याएर मत विभाजनको माग गरेका थिए । उनको मागपछि सभाको सभापतित्व गरिरहेकी उपसभामुख इन्दिरा राना मगरले मत विभाजनको प्रक्रिया सुरु गरेकी हुन् ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 256 पटक पढिएको
  • सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गर्न सांसद भुसालको माग

     काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार बाधक रहेको समेत उल्लेख गरे।  संविधान संशोधन गरेरै भए पनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ। उनले छानबिन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए। ‘अर्को कुरा भ्रष्टाचारको यति ठूलो आवाज उ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 393 पटक पढिएको
  • स्ववियु निर्वाचनको अनुगमन मानव अधिकार आयोगले गर्ने

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले मानव अधिकारका दृष्टिकोणले स्ववियु निर्वाचनको अनुगमन गर्न लागेको हो ।अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट टोली गठन गरिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा भोलि (चैत ५ गते) स्ववियु निर्वाचन हुँदै छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 287 पटक पढिएको
  • लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— लुम्बिनी वाणिज्य क्याम्पस, रुपन्देहीमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अनेरास्ववियूले लगाएको तालाबन्दीका कारण भोली हुन लागेको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो ।  क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले एक सूचना जारी गर्दै भोलीका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण वातावरण नबन्दासम्मका लागि स्थगित भएको जनाएका हुन् । फागुन ९ गते प्राध्यापक तथा कर्मचारीहरूको संयुक्त भेला बसेको थियो । उक्त भेलाले उपप्राध्यापक हिरण्य पन्थी निर्वाचन अधिकृत रहेको ११ सदस्यीय स्ववियु निर्वाचन समित

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 415 पटक पढिएको
  • सांसद सुवाल भन्छन उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ

    काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले  यस्तो बताएका हुन् । बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत सांसद सुवाल माग गरे। मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको सुवालले बताए । उनले जिल्लाभित्र मात्र बसाइँसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए। उनले मोबाइल लगायतका प्राविधिक उपकरणहरू देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 228 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गैसस महासङ्घको २१ बुँदे घोषणापत्र हस्तान्तरण (पूर्णपाठसहित)

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए । महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको महाधिवे

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 339 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

    काठमाडौँ । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।‘उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले भने ।सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सकोे दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले स्वास्थ्य तथा जनसङ्ख्या

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 849 पटक पढिएको
  • पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधाको अन्तिम निर्णयकर्ता सदन नै होः मन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधाको अन्तिम निर्णयकर्ता सदन भएको प्रष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व विशिष्ट व्यक्तिहरुको सेवा सुविधालाई व्यवस्थित बनाउन आवश्यक विधेयकको तर्जुमा गरिरहेको भन्दै कसलाई कति सुविधा दिने भन्ने विषयको निर्णयकर्ता सदन भएको बताए । उनले भने,‘कसलाई कति सुविधा दिने रु दिने कि नदिने रु दिने हो भने कसरी दिने रु कति दिने रु किन दिने रु यो सबैको अन्तिम निर्णयकर्ता  यो सम्मानीत सदन हो । यही त्यसैले यही सदनमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ भन्ने सरकारको धारणा हो । जे दिनपर्छ ,जे गर्छ, सदनले गरोस् ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 400 पटक पढिएको
  • मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्ति गर्ने सम्भावना रहेको छ ।नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 329 पटक पढिएको
  • त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

    काठमाडौं— नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले हिजो राति विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए ।प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले नेविसंघविरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.