काठमाडौं— ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी दलहरूले मत विभाजनको माग गरेका छन् । 


OM Sai Pathibhara Hospital

प्रतिपक्षी दलहरू नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेका हुन् । २८ जना सांसदले उठेर मत विभाजन गर्न माग गरेपछि अहिले मत विभाजन चलिरहेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मत विभाजनको माग गर्दै विधि र प्रक्रिया पुर्‍याएर मत विभाजनको माग गरेका थिए । उनको मागपछि सभाको सभापतित्व गरिरहेकी उपसभामुख इन्दिरा राना मगरले मत विभाजनको प्रक्रिया सुरु गरेकी हुन् ।