राजनीति

    Showing 5,261-5,270 of 6,741 items.
  • कांग्रेस महाधिवेशन : मास्क छैन, प्रवेश छैन

    काठमाडौँ / कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनस्थलमा मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिइएको झोलामा १० वटा मास्क पनि उपलब्ध गराइएको छ ।मास्क नलगाई आउनेलाई मास्क लगाउन आग्रह गरिने पनि शर्माले बताए । मास्क लगाएको र नलगाएको बारे प्रहरीले अनुगमन गर्ने पनि शर्माले बताए ।१४ औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन् ।महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 61 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : काठमाडौँको भृकुटीमण्डपमा आज उद्घाटन हुँदै

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ । दिउँसो १ बजे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।  ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।महाधिवेशनमा सहभागि हुने ४ हजार ७ सय मध्ये आधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।महाध

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 61 पटक पढिएको
  • शेखरले थाले ‘एक पटक, यसै पटक’ भन्दै सभापतिको प्रचारप्रसार

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिका लागि प्रचार सुरु गरेका छन्।कोइरालाले १४ औँ महाधिवेशनमा सभापति पदका लागि बिहीबार अपरान्हदेखि ‘एक पटक यसै पटक‘ भन्दै  समाजिक संजालबाट प्रचार सुरु गरेका हुन् । संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापति पदका लागि आकांक्षी छन्। मङ्गलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटे पनि अहिले सम्म सहमति भने भएको छैन । तीनैजना आज पार्टीका सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन्। प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेपछि शेखरले पनि सभापतिक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 60 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय समितिको बैठकले पास गर्यो तीन प्रतिवेदन

    काठमाडौँ / नेपाली कांग्रेसको आज (बिहिबार) बसेको केन्द्रीय समितिको बैठकले तीन वटा प्रतिवेदन पास गरेको छ । समितिले १४ औँ महाधिवेशनका लागि सभापति, महामन्त्री र अन्यले पेश गरेको प्रतिवेदन पास गरेको हो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले सांगठनिक प्रतिवेदन, सभापति देउवाले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उनीहरूले पेश गरेको तीन वटै प्रतिवेदन बैठकले पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको महाधिवेशन भोलिदेखि शुरु हुँदैछ । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 62 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : ओखलढुङ्गाबाट मात्रै केन्द्रीय सदस्यमा आठ नेताको दाबी

    ओखलढुंगा / नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुङ्गाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । काङ्ग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरूले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।शुक्रबारबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उममेदवार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् ।जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 76 पटक पढिएको
  • पार्टीको छातामुनी गुण्डा:गुण्डागर्दीमा संलग्नले छान्दैछन् मुलकको नेता

    सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनमा अपराधको दुनियाँमा स्थापित बनेका पनि महाधिवेशन प्रतिनिधि बनेर सहभागि हुने भएका छन् । प्रदेश एकमा गुण्डागर्दीमा नाम कमाएका सिजन गुरुङ , सुर्य राई र हेमकर्ण पौडेल सहित देशकै चर्चित गुण्डा नाइके गणेश लामा र राजु गोर्खाली सहित दुई दर्जन भन्दा वढी गुण्डा नाइके महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनमा सहभागि हुने भएका हुन् ।कांग्रेस मात्रै हैन नेकपा एमाले , माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका पार्टीले गुण्डागर्दीमा संलग्नलाई संरक्षण गरेर पार्टीका लागि उपयोग गर्ने गरेकाले गुण्डागर्दीमा संलग्नल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 44 पटक पढिएको
  • रामचन्द्र पौडेलले गरे कांग्रेसको केन्द्रीय समिति बैठक बहिष्कार

    काठमाडौँ / सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका छन् । १४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज (बिहीवार) अपराह्न बस्दैछ ।आजको बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । तर, पौडेलको सचिवालयले उनी बैठकमा सहभागी नहुने बताएको छ। भोलि शुक्रबारदेखि काठमाडौँमा कांग्रेसको १४ औैँ  महाधिवेशन शुरु हुँदैछ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 69 पटक पढिएको
  • संगठन र संसदीय विभाग नेतृत्वको जिम्मेवारी प्रचण्डलाई

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश द्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।माओवादीले ३५ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाउन सकेका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन ग

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 68 पटक पढिएको
  • मुख्यमन्त्री राईलाई मन्त्रिपरिषद् विस्तारमा सकस

    बिराटनगर / शपथको महिना दिन पुग्दा पनि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले हालको पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मंसिर १ मा बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएको दिन बढीमा दुई साताभित्र मन्त्री परिषद बिस्तार हुने उनले बताएका थिए ।निवर्तमान मुख्यमन्त्री भीम आचार्यले ७ मन्त्रालयमा ८ मन्त्रीमार्फत काम गर्दै आएका थिए । गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाउन मन्त्रालय बढाएर कम्तिमा ११ पुर्याउने तथा मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री बनाउने योजना प्रदेश सरकारको छ ।प्रदेश १ सरकारले मन्त्रालय टुक्राउने तयारीसहित आर्थिक मामिला तथा

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 62 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका  छन ।मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन । बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ ।वि सं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्म लिएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए । कां

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 69 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा