काठमाडौं । BIMBA Nepal को आयोजनामा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक विशेष निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

श्रावण ३० गते आयोजित शिविरमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, महिला तथा समुदायका अन्य व्यक्तिहरूलाई विभिन्न स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो।

शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शसँगै रक्तचाप र रक्तचिनी परीक्षण, भिडियो एक्स–रे, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा (Geriatrics) तथा स्त्रीरोग विशेषज्ञमार्फत महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। सम्बन्धित विषयका Consultant Radiologist, Consultant Physician/Geriatrician तथा Consultant Gynecologist ले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रदान गरेका थिए।FB_IMG_1787112659391त्यसैगरी, Cipla Nepal को सहयोगमा दमसम्बन्धी Pulmonary Function Test तथा आवश्यक चिकित्सकीय परामर्शको समेत व्यवस्था गरिएको थियो। विभिन्न औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी कम्पनीहरूको सहयोगमा सेवाग्राहीलाई आवश्यक औषधि तथा सामग्रीसमेत उपलब्ध गराइएको थियो।

शिविरमा CIPLA-Nepal, Deurali Janta Pharmaceuticals Pvt. Ltd., Magnus Pharma Pvt. Ltd., Intas Pharmaceuticals तथा Blue Cross Laboratories Pvt. Ltd. लगायतका संस्थाले सहयोग गरेका थिए।FB_IMG_1787112646110कार्यक्रमका क्रममा एक आकस्मिक बिरामीको स्वास्थ्य अवस्था समयमै पहिचान गरी थप उपचारका लागि तत्काल अस्पताल पठाइएको BIMBA Nepal ले जनाएको छ। आकस्मिक स्वास्थ्य अवस्थालाई समयमै पहिचान गरी उचित स्वास्थ्य संस्थामा पठाउन सक्नु शिविरको महत्वपूर्ण उपलब्धि भएको आयोजकको भनाइ छ।

BIMBA Nepal का अनुसार शिविरको मुख्य उद्देश्य ज्येष्ठ नागरिकमा दीर्घकालीन स्वास्थ्य सेवा प्रवर्द्धन गर्नुका साथै रोगको समयमै पहिचान, उचित उपचार, स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि र स्वस्थ तथा सम्मानित बुढ्यौलीको प्रवर्द्धन गर्नु हो।FB_IMG_1787112643032आयोजकले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने मातातीर्थ स्वास्थ्य चौकी, चन्द्रागिरि नगरपालिका–८, औषधि तथा स्वास्थ्य सामग्री सहयोगी कम्पनीहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक, संस्थापक सदस्य, सल्लाहकार बोर्ड तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

BIMBA Nepal ले आगामी दिनमा पनि समुदायमा स्वास्थ्य सेवा र स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।