काठमाडौँ — प्रतिनिधिसभामा सांसद मिना तामाङले चर्को चेतावनी दिएकी छिन् – “भारत र नेपालबीच कुनै पनि सैन्य संघर्ष भए गोर्खा सैनिकलाई पहिलो पंक्तिमा प्रयोग नगरियोस्!”
बिहीबार संसदको शून्य समयमा बोल्दै तामाङले नेपाल सरकारलाई तत्काल भारतसँग गम्भीर संवाद र कूटनीतिक पहल गर्न आग्रह गरिन्। उनका अनुसार नेपाली नागरिक, विशेषगरी गोर्खा सैनिक, भारत–पाकिस्तान संघर्षको सिधा शिकार बन्ने जोखिममा छन्।
“कश्मीर क्षेत्रमा भएको सांघातिक आक्रमणले मानवीय क्षति भएको छ। यस्ता घटनाले भारतमा रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्छन्,” तामाङले भनिन्, “त्यसैले उनीहरूको सुरक्षा र उद्धार सुनिश्चित गर्नुपर्ने बेला आएको छ।”
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भनेकी छन् — अब मौन बस्ने समय होइन, नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न कूटनीतिक मोर्चा खोल्ने समय हो!