काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।