धनुषा / प्रदेश नं २ को प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार)का लागि संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।प्रदेश २ मा चारदलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको हो । जनता समाजवादी पार्टीको नेतृत्वको प्रद
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् । अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन ।नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना (बुभवार)आजै सुरु हुने भएको छ। १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसँगै आज दिउँसोबाट बाँकी मत गणना थालनी गरिने भएको निर्वाचन आयोगका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामा गर्ने तयारी छ। सात दिनभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी रहेको आयोगले जनाएको छ । महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भैसकेका छन्। सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेख
काठमाडौं / नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशन अन्तर्गत आज(बुधवार) विहान सकिएको मतगणनाको परिणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन् ।मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा पराजित डा.शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् । कोइराला ८७८ मत अन्तरले पराजित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेले दिएको जानकारी अनुसार २५ मत बदर भएको छ । मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामब
काठमाडौँ / नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ कोरोना पोजिटिभ आएको छ ।सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’
काठमाडौँ / नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका छन् । दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टा अघिमात्रै पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका हुन् । डा.कोइरालाले मतदातालाई अन्तरआत्माको निर्णय प्रयोग गर्न आग्रह समेत गरेका छन् । पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केही बेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछ
बिर्तामोड / नेपाली कांग्रेसको काठमाण्डौमा जारी महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन सुरु हुने समयमा आईपुग्दा सभापति पदका उमेद्धार देउवा आफ्ना सबै विरोधीलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।देउवाको नेतृत्व असफल बनेको भन्दै उनको विकल्पका लागि चुनावी प्रतिष्पर्धामा होमिएका नेताहरू प्रकाशमान सिंह , विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई सहयोग गर्ने घोषणा गरेपछि सभापतिका दाबेदारका रुपमा हेरिएका डा. शेखर कोइराला एक्लिएका छन् ।दोस्रो चरणमा हुने मतदानमा सिंह र निधिको कोइरालालाई सहयोग हुने भनेर गरिएका सबै अनुमानलाई गलत साबित गर्दै देउवा आफ्ना विरोधी समुहलाई समेत आफ्नो पक्षमा पार्न
बिर्तामोड / कांग्रेसको महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन समय तोकिएपछि अप्रत्याशित राजनीतिक खेल हुन थालेका छन् ।पार्टी सभापतिमा शेरबहादुर दोहोरिन नदिने घोषणा गरेका सभापति पदमा नै देउवासँग प्रतिष्पर्धा गरेका नेता विमलेन्द्र निधिले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने भएका छन् ।पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा रहेका निधीले पहिलो चरणको निर्वाचन अघि दोस्रो चरणमा देउवा विरुद्ध गठबन्धन बनाएर उनलाई पराजित गर्ने घोषणा गरेका थिए । पहिलो चरणबाट बाहिरिएका निधिले अप्रत्याशित रुपमा देउवालाई नै सहयोग गर्ने बचन दिएपछि निर्वाचन रोचक हुने भएको छ ।यसअघि सभापति पदमा उमेद्धार बनेका न
बिर्तामोड / नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका उमेद्धार शेरबहादुर देउवाले आफ्नो समुहबाट नै बाहिरिन बाध्य पारेका महामन्त्रीका उमेद्धार विश्व प्रकाश शर्माले देउवालाई नै सहयोग गर्ने भएका छन् ।सभापतिको दौडबाट बाहिरिएका नेता प्रकाशमान सिंह पक्षबाट महामन्त्रीमा उमेद्धार बनेका नेता शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत देउवालाई सहयोग गर्ने जानकारी गराएका हुन् ।पार्टी नेतृत्वका लागि निर्वाचन हुने भएपछि नेता देउवाले सिटौला समूहसँग गठबन्धन गर्दा नेता शर्मा उनीसँग रुष्ट हुँदै सिंह समूहमा पुगेका थिए । सिटौला समूहका नेता प्रदिप पौडेललाई उमेद्धार बनाएर देउवाले शर्मालाई उ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.