काठमाडौं— ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकको बचाउ गरेको छ । सोमबार सभापति शेरबहादुर देउबा निवास बूढानीलकण्ठमा बसेको बैठकले गहृ मन्त्री लेखकलाई बचाउ गरेको हो ।
नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई ‘भिजिट भिसा’ कुनै संलग्नता नरहेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको महतको भनाइ छ ।
बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।
गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए ।
अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको गृहमन्त्रीमाथि आरोप छ ।