राजनीति

    Showing 5,191-5,200 of 10,339 items.
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको अडान

     काठमाडौं— नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा रहेका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए ।उता ठूला दल (एमाले–कांग्रेस)का शीर्ष नेताहरुले भने गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 414 पटक पढिएको
  • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

    काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ ।बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो।सीएनबीसीको रिपोर्टका अनुसार यो पहिलो पटक हो कि भारतले आईफोन निर्यातमा चीनलाई लगातार उछिनि रहेको छ, वि

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 292 पटक पढिएको
  • सदन अवरोध हटाउने बारे सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै, के सदन अवरोध हट्ला ?

    काठमाडौं— दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ।भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 352 पटक पढिएको
  • राजावादीको आन्दोलन आज पनि जारी, दुर्गा प्रसार्इँ समुहले अलग्गै प्रदर्शन गर्ने

    काठमाडौं— राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तर दिने भएका छन् । विहीबार (हिजो) देखी काठमाडौं केन्द्रित आन्दोलनले शुक्रबार (आज) पनि निरन्तर दिने भएको हो ।आन्दोलन रत्नपार्क, शान्तिबाटिका केन्द्रित आज १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 465 पटक पढिएको
  • राजावादीको प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या ५ पुग्यो (नामसहित)

    काठमाडौं—   गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 577 पटक पढिएको
  • राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा दुईजनामाथि कुटपिट

    काठमाडौं— राजावादी समूहहरूले काठमाडौंका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।राजावादीले काठमाडौंको ७ स्थानबाट जुलुस निकालेको छ। 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 343 पटक पढिएको
  • राजधानीमा राजावादी प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू  

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,169 पटक पढिएको
  • टुडिखेलमा गणतन्त्र दिवस

    काठमाडाैं, १५ जेठ । सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएकाे छ ।साे समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 382 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 228 पटक पढिएको
  • एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम र राजावादी समूहहरूको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको हो।सुरक्षाकर्मीहरूले भृकुटीमण्डप र रत्नपार्क वरपरका क्षेत्रमा ठूलो संख्यामा गस्ती गरिरहेका छन्। सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोनको समेत प्रयोग गरिने बताइएको छ ।भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम आयोजना गरेको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्।जिल्ला प

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 383 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.