झापा / वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन ।स्थानीय जनप्रतिनिधिको निर्वाचित अवधि चैतमा सकिने भएकाले आगामी वर्षको वैशाखमा निर्वाचन गर्ने लक्ष्यसहित काम थालिएको उनले जानकारी दिएका छन । थपलियाले भने, ‘‘२०७९ वैशाख २० गतेभित्रै निर्वाचन सम्पन्न गर्ने र समयमै नयाँ जनप्रतिनिधिहरू दिने विषयमा आयोग गम्भीर छ र छिट्टै नै स्थानीय तह निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले तया
जनकपुर / नेपाली कांग्रेस २ नम्बर प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकाले आज (बिहीबार) बिहान साढे ९ बजे मात्र मतदान सुरु भएको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए ।सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले
झापा / नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणना अनुसार उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै नेम्वाङ १ नम्बर प्रदेश समितिको अध्यक्षमा विजयी भएका हुन् । २४० जनाले मतदान गरेकोमा नेम्वाङले १६९ मत पाए भने उनका प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत प्राप्त गरेका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १ सय ११ मत, देवान चाम्लिङले १ सय २० र शिवकुमार डाँगीले १ सय १३ मत ल्याएर विजयी भएका छन् ।त्यस्तै सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका
विराटनगर / नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान आज (बुधबार) साँझ ७ बजे हुने निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । किरातीका अनुसार अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिदैछ । नौ पदाधिकारीका लागि ४० जना आकांक्षी छन् ।विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमा
काठमाडौं / नेपाली कांग्रेसको थारुतर्फको केन्द्रिय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । थारुतर्फ दुई खुला पदमा दुबै जना निर्वाचित भएका हुन् ।निर्वाचित रामजनमले २ हजार ५ सय ३ र योगेन्द्रले २ हजार १ सय ९८ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।यस्तै कांग्रेस केन्द्रिय सदस्य (थारु महिला)मा कल्पना चौधरी २ हजार ५ सय २४ र जीवन राना २ हजार ३ सय ४९ मत ल्याएर निर्वाचित भएका छन् ।
काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ बाट केन्द्रीय सदस्यमा तीन जना निर्वाचित भएका छन् । खुलातर्फको दुई पदमा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् भने महिलातर्फबाट महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी हुन् । अर्यालले २ हजार ३ सय ८९, कोइरालाले २ हजार १ सय ५२ मत र लिम्बूले २ हजार २२९ मत प्राप्त गरेकी छिन् । सोही पदका प्रत्यासी गोमा कुमारी भट्टराईले ६ सय ९, लिलादेवी बोखिम लिम्बूले १ हजार ७ सय ४७, अनिलकृष्ण प्रसाईँले एक हजार ४२२, आनन्द सन्तोषी राईले २०८१, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत ल्याएका छन् ।
काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् । गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरेका छन् । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाँले एक हजार ९३८ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै
मकवानपुर / बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । खड्काका अनुसार संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील
जनकपुर / नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता र
काठमाडौँ / विवेकशील साझाले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरू विपरित गतिविधि गरेको भन्दै पाण्डेलाई साधारण सदस्यबाट निष्कासित गरेको हो । एक विज्ञप्ति जारी गर्दै पाण्डेलाई निष्कासन गरिएको विवेकशील साझा पार्टीले जनाएको हो । विज्ञप्तिमा भनिएको छ, –‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.