राजनीति

    Showing 5,101-5,110 of 7,588 items.
  • उम्मेदवारी त्यागेर एमालेमा प्रवेश

    झापा / झापामा मङ्गोल नेशनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेदवार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । झापाको मेचीनगर-७ की तारादेवीले एमालेलाई समर्थन गरेको वक्तव्य जारी गर्दै वडा सदस्यको उम्मेदवारी फिर्ता लिएकी हुन् । इँटाभट्टामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेलाई जिताउनु पर्ने भन्दै उनले एमाले प्रवेश गरेकी हुन् ।एमालेबाट वडा अध्यक्षका उम्मेदवार प्रह्लादमणि ओलीलगायत एमालेका सबै उम्मेदवारहरूलाई आफ्नो समर्थन रहेको समेत तारादेवीले बताएकी छिन् ।आगामी दिनमा नेकपा (एमाले)मा क्रियाशील रहने समेत उनले बताएकी छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 120 पटक पढिएको
  • सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न सक्दैनन् : भीम रावल

    धनगढी / नेकपा एमाले नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे।उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे। सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए। रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह समेत गरेका छन् । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निर्माणका कार्यले तीव्र

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 72 पटक पढिएको
  • दलको प्रचार गरेको भन्दै हटाइयो सहायक निर्वाचन अधिकृतलाई

    मकवानपुर / मकवानपुरमा राजनीतिक दलको प्रचार गरेको आरोपमा एक जना सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाइएको हो ।उनीमाथि सामाजिक सञ्जालबाट दलको चुनावी प्रचार गरेको आरोप लगाएर पदबाट हटाइएको छ।पुडासैनीलाई गत सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 79 पटक पढिएको
  • मृत्यु भएका मतदाताको नाम पनि समावेश

    दाङ / दाङमा स्थानीय तहहरूले नामावली नपठाएपछि मृत्यु भएकाहरूको नाम मतदाताको नामावलीबाट नाम हटाइएको छैन । नाम नहटाएपछि जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएका छन् । दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको कुँवरले बताएका छन् ।स्थानीय तहले १८ वर्षमाथिका मृत्यु भएकाको तत्थ्यांक नपठाएपछि मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । निर्वाचन आयोगमा दाबीविरोध परेकाको तथ्याङ्क मात्रै पठाएको त

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 77 पटक पढिएको
  • मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश

    काठमाडौं / स्थानीय तह निर्वाचनको मुखमा मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश गरेको छ ।शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर –५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजका अध्यक्षसहित सबै सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।पोखरेलका अनुसार समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् ।एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरू एमाले प्रवेश गरेको अध्यक्ष कमालले बताए । समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य ज

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 77 पटक पढिएको
  • मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिने तालिम

    काठमाडौं / आसन्न स्थानीय तहको निर्वाचनमा खटाइएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । आयोगले १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिनका लागि तालिम दिएको हो ।तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषयमा छलफल भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने प्रकुया लगायतका विषयमा तालिम दिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताएका छन् ।पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 85 पटक पढिएको
  • देशभर तीन अध्यक्षसहित ३९० जना निर्विरोध, कुन दलबाट कति ?

    झापा / स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित तीन सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन अयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावली मध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भएका हुन् । गत वैशाख ११ र १२ गते दुई दिन सात सय ५३ वटा स्थानीय तह र त्यसका छ हजार सात सय ४३ वडामा परेको उम्मेदवारी मध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।  अयोगका अनुसार सबैभन्दा धेरै दलित महिला निर्विरोध निर्वाचित भएका छन् । १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् भने खुला वडा सदस्य तर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन्

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 120 पटक पढिएको
  • आयोगद्वारा अनुगमन टोली परिचालित

    काठमाडौं / निर्वाचन आयोगले बढी मतदाता भएका १७ जिल्लामा केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने गरि अख्तियार टोलीलाई परिचालन गरिएको हो ।विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा सो टोली खटाएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरि छानविन गर्न अख्तियारलाई निर्देशन दिएका छन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरह

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 75 पटक पढिएको
  • राप्रपाका उम्मेदवार नै एमालेमा प्रवेश

    सुर्खेत / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नै एमाले प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 104 पटक पढिएको
  • मेची अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा रूपान्तरण गर्छु : पोखरेल

    रेवतीराज घिमिरेभद्रपुर / आसन्न स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका मेयर पदका ७ जना उम्मेदवारहरूले नगरको शिक्षा, स्वास्थ्य, कृषि लगायतका भौतिक पूर्वाधार विकास निर्माण गर्न आफूहरूले उम्मेदवारी दिएको बताएका छन् ।भद्रपुर जेसिजद्वारा शनिवार चन्द्रगढीमा आयोजित नगरप्रमुखका उम्मेदवारहरू मेरो उम्मेदवारी किन भन्ने सन्दर्भमा सञ्चालित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन ।कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेलले वर्तमान स्थानीय सरकारले विकाश निर्माणमा कुनै ठोस कार्य नगरेको बताउँदै आफू निर्वाचित भएमा मेची अञ्च

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 247 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा