राजनीति

    Showing 5,101-5,110 of 10,339 items.
  • बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले

    हेटौंडा -  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् । आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् । मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा व

    • प्रकाशित मितिः असार २, २०८२
    • 274 पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । लोकसेवा आयोगको ७५ औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गरे मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए । उनले भने, ‘अब सहज, सरल र

    • प्रकाशित मितिः असार २, २०८२
    • 318 पटक पढिएको
  • युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु

    काठमाडौं - सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि

    • प्रकाशित मितिः असार २, २०८२
    • 353 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाण्डौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने छन्।यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’

    • प्रकाशित मितिः असार २, २०८२
    • 341 पटक पढिएको
  • संसद अवरोध होइन्, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।पुनले भने,‘हामीले आमज नताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानविनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’उनका अनुसार, छानविन प्रक्रिया अगा

    • प्रकाशित मितिः असार १, २०८२
    • 236 पटक पढिएको
  • विपक्षीको विरोधका कारण अधिकांश कुर्सी खाली,संसद्‍मा मात्र बजेट छलफल

    काठमाडौं — प्रतिनिधि सभामा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। तर, विपक्षी दलहरूको विरोध र नाराबाजीका कारण सभामा अधिकांश कुर्सीहरू खाली देखिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले घेराउ गर्दै नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरी बाहिरिएका छन्।विरोधका कारण प्रतिपक्षतर्फका झन्डै सबै सिट खाली छन् भने सत्तापक्षका सांसदहरूको उपस्थिति पनि उल्लेख्य देखिएन।बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका छन्। त्यसमा सांसदहरूले आ–आफ्ना धारणा राख्न थालेका छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 217 पटक पढिएको
  • प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई सहज, सरल र प्रभावकारी ढंगले सेवा पुर्‍याउन सकेमा लोकतन्त्र बलियो हुने बताएका छन्। उनले सरकारी कर्मचारीलाई जनतामुखी सेवा प्रवाहमार्फत जनताको मन जित्न आग्रह गरे।शनिबार लोक सेवा आयोगको हीरक जयन्ती समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, "कर्मचारीतन्त्रले जबसम्म नागरिकको पहुँचलाई सहज बनाउन सक्दैन, तबसम्म लोकतन्त्र पनि बलियो हुन सक्दैन।"उनले सुशासनलाई सुदृढ गर्न कर्मचारीहरूले आधुनिक प्रविधि, दक्षता र पारदर्शितामार्फत सेवा दिनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि जनताको चाहना सम्बोधन गर्न कर्मचारीतन्त्रको भूमिका महत्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 213 पटक पढिएको
  • राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए । उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो । कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 296 पटक पढिएको
  • प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस् पोखे । उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषिलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’ 

    • प्रकाशित मितिः असार १, २०८२
    • 237 पटक पढिएको
  • सभामुखले दादागिरी देखाएको राप्रपाको आरोप

    काठमाडौं, १ असार । सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अबरोध गरिरहेको बेला संसद बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ । आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने माग पुनः दोहोराएको छ।राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा नपुर्याइ संसद सुचारू गरेको भन्दै आपत्ति जनाएका छन। ‘संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,” उनले भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन,

    • प्रकाशित मितिः असार १, २०८२
    • 346 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.