बिर्तामोड / नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन् ।माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
बिर्तामोड / पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँद
बिर्तामोड / आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थ
काठमाण्डौ// नेकपा माओवादी केन्द्रको महासचिव सहितका पदाधिकारी चयन कार्य रोकिएको छ ।नेता वर्षमान पुनको सन्देशका कारण पदाधिकारी चयन कार्य रोकिएको हो। पहिलो केन्द्रीय कमिटी बैठक बस्नुअघि पुनले चीनबाट अध्यक्ष प्रचण्डलाई आफू मंगलबार अस्पतालबाट डिस्चार्ज हुने बताउँदै पदाधिकारी चयनमा हतार नगर्न सन्देश पठाएका थिए ।उनि २२/२३ पुसतिर काठमाडौं आउने माओवादीका एक केन्द्रीय सदस्यले जानकारी गराएका छन् । त्यही सन्देशका आधारमा प्रचण्डले २५ पुसका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्। पुस २५ भन्दा पहिला स्थायी कमिटी, पोलिटब्युरो, मनोनित केन्द्रीय सदस्य र पदाधिकारीसम्मका लागि माओवादीले छलफल
काठमाडौँ / नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि सोमबार ललितपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण पछि नेता नारायणकाजी श्रेष्ठले दाहाललाई फेरि अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन गरेका थिए । अरु कसैको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
काठमाडौँ / नेपाली कांग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको हो । कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले ६ सीट पाउने सहमति भएको थियो ।
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ महिना देखि मन्त्री विहीन बनेको छ ।उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हाले पनि उनी ६ महिना देखि मन्त्रालय नपुग्दा मन्त्रालय मन्त्री विहीन बनेको हो । २०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले गत असोज २५ गते गजेन्द्र बहादुर हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनाएको भन्दै चर्को आलोचना भएपछि हमालले नियुक्त भएको ४८ घन्टा नबित्दै पदबाट राजीनामा दिएका थिए । हमालको राजीनामा पश्चात देउवाले नै उक्त मन्त्रालय सम्हाल्दै
काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा कुमारी मोक्तान निर्वाचित भएकी छिन् । माओवादी केन्द्रको मकवानपुर इन्चार्ज समेत रहेकी मोक्तान आदिवासी जनजाति तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मोक्तान बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत हुन् । तर, उनका श्रीमान दावा तामाङ भने नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । तामाङ पूर्वमन्त्री समेत हुन्। १० वर्षसम्म जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा प्रवेश गरेका हुन्। पहिलो संविधानसभाको निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए।आइ
काठमाडौँ / डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन् । चौधरीले आज (सोमबार) श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गर्ने भएका हुन् । चौधरीको अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि आफ्नो नाममा गठन गर्न लागिएको रञ्जिताले बताइन् । उनले भनिन्, –‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ ।’ नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली आज भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोग जाने एक नेताले बताए । चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहि
काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् । केही दिन यता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।आफू सत्ताबाहिर हुँदा अरुको सलामी प्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित इलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।यो क्षेत्र नेकपा एमालेका
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.