झापा / वीरगञ्जका स्थानीय युवाहरूले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दावाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोड’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका छन् ।प्रदेश– २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको हो । हिजो सम्पन्न मतदान लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए । प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए ।वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध रयाली नगर परिक्रमा गर्दै पुनः घण्टा
काठमाडौँ / सत्तारुढ गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरू सहमत भएको सञ्चारकर्मीलाई जानकारी दिए । कार्कीका अनुसार यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुनः माघ ६ गते (बिहीबार) बस्ने भएको छ ।यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र ज
काठमाडौं / रूपन्देहीको शुद्धोधन गाउँपालिका –७ वडाध्यक्ष विहीन भएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा वडाध्यक्ष विहीन भएको हो ।वडा करिब एक महिनादेखि वडाध्यक्ष विहीन भएको छ । निर्वाचन आयोगले पद रिक्त रहेको जानकारी सार्वजनिक सूचना जारी गरेर दिएको छ ।स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरे जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ ।
काठमाडौँ / प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ।
बिर्तामोड / प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइ मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनामा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।
काठमाडौं / प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरूको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण देखिएको थियो । मल्लले आफू पनि संक्रमण मुक्त भएको बताएका छन् ।
काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा झाँक्रीले आज प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।
जनकपुरधाम / प्रदेश २ को नाम र स्थायी राजधानीको नाम टुंगो लगाउनका लागि आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरण समबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राज
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.