काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ ।
शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।