राजनीति

    Showing 4,811-4,820 of 7,570 items.
  • मन्त्रीबाट हटाइएका समाजवादीका चारैजना नेता बैठकमा अनुपस्थित

    काठमाडौं / नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता बोलाएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् । सोमबार काठमाडौंको कमलादीमा सुरु केन्द्रीय परिषद् बैठकमा उनीहरु अनुपस्थित भएका हुन् ।एकीकृत समाजवादीले आइतबारमात्रै पार्टीबाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीबाट नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरू सहभागी भएका थिएनन् । आफूहरूले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जबरजस्ती फिर्ता बोलाएको भन्

    • प्रकाशित मितिः असार १३, २०७९
    • 112 पटक पढिएको
  • नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

    काठमाडौँ  / एकीकृत समाजवादीबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले सपथ लिएका हुन् । उक्त समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने

    • प्रकाशित मितिः असार १३, २०७९
    • 119 पटक पढिएको
  • मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

    काठमाडौँ / सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसद्मा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । पार्टीको निर्णय प्रति चार मन्त्री सहित ६ जना सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।&nbs

    • प्रकाशित मितिः असार १२, २०७९
    • 94 पटक पढिएको
  • लक्ष्मण थारुसहित ५० जनाभन्दा बढी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं  / थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुसहित ५० जना भन्दा बढी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश नगर्नेहरूमा थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, स

    • प्रकाशित मितिः असार १२, २०७९
    • 84 पटक पढिएको
  • मेयरसहित २१ जना जनप्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा

    रौतहट  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । फतुवा विजयपुर नगरपालिका र गजुरा नगरपालिकाबीच लाल बकैया नदीबाट नदीजन्य बस्तुको बिक्रीबाट प्राप्त राजस्व बाँडफाँडमा सहमति भए पनि फतुवा विजयपुर नगरपालिकाले एकलौटी रुपमा ठेक्का रद्द गरेर राज्यलाई एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविककी उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नम्बर २ का तत्काली

    • प्रकाशित मितिः असार १२, २०७९
    • 88 पटक पढिएको
  • पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी मन्

    • प्रकाशित मितिः असार १२, २०७९
    • 83 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  ‘लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन –२०७८ असार)’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रीन ग्रोथ इस्टिच्युटको सहभागितमूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

    • प्रकाशित मितिः असार १२, २०७९
    • 69 पटक पढिएको
  • मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

    काठमाडौं  / मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन् ।शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।‘८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ विज्ञप्तिमा

    • प्रकाशित मितिः असार ११, २०७९
    • 114 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक : डिजेल र पेट्रोलको मूल्य घटाउने सहमति

    काठमाडौँ / सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बसेको गठबन्धनको बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेल

    • प्रकाशित मितिः असार ११, २०७९
    • 85 पटक पढिएको
  • जनसरोकारका मुद्दा उठाउँदै एमालेको जनसङ्गठनले सडक आन्दोलन गर्ने

    काठमाडौँ  / नेकपा एमालेले जनसरोकारका मुद्दा उठाउँदै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय सङ्गठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।संयन्त्रकी सहसंयोजक रचना खड्काले एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलन गर्नु परेको बताएकी छिन् । बैठकले एमालेका २२ वटा जनसङ्गठनका प्रमुखहरू सहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्द

    • प्रकाशित मितिः असार ९, २०७९
    • 85 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा