राजनीति

    Showing 4,811-4,820 of 10,339 items.
  • प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकास भइरहेको जानकारी दिए । ‘मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकीमाग, अस्थायीलाई स्थायी र  प्रहरी चौकी स्तरोन्नती स्थापनाको जोड देशव्यापी छ,’ उनले भने,‘नागरिकमा प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’त्यसैगरी नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा

    • प्रकाशित मितिः असार २९, २०८२
    • 273 पटक पढिएको
  • पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली

    झापा – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् ।नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः  राष्ट्रिय शक्ति बनाएको बताएका हुन् । केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै  उनले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै

    • प्रकाशित मितिः असार २९, २०८२
    • 388 पटक पढिएको
  • नेकपा एसका वडाअध्यक्ष पक्राउ

    काठमाडौं— जग्गा किर्तेमा संग्लग्न नेकपा (एस) समाजबादीबाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौंको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो । डा. अध्यक्ष सुवेदीले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए ।उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारेका थिए ।वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 647 पटक पढिएको
  • मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।उनले भने, ‘सामान्य प्रशासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रो संग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा ‘म भ्रष्टाचार गर्दिन

    • प्रकाशित मितिः असार २९, २०८२
    • 453 पटक पढिएको
  • ‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारवाहीको माग

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।शाहीले भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं । यसको संसदीय छानबिन समितिको माग गर्छौं ।’त्यस्तै, उनले गत बैसाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिवद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए

    • प्रकाशित मितिः असार २९, २०८२
    • 304 पटक पढिएको
  • ‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन् ।उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ । यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

    • प्रकाशित मितिः असार २९, २०८२
    • 212 पटक पढिएको
  • विकासका लागि सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

    लम्कीचुहाँ (कैलाली) – खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् ।आइतबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताएका हुन् ।उनले भने, ‘समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी छ

    • प्रकाशित मितिः असार २९, २०८२
    • 283 पटक पढिएको
  • सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै  संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठक पनि सोही माग राखेर बहिष्कार गरिएको हो।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 609 पटक पढिएको
  • दमकमा सडक उद्घाटनपछि ओलीले भने : ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

    झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन्  । उनले  दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 332 पटक पढिएको
  • नागिरकता किर्ते गरेकाे आरोपमा वडा अध्यक्ष पक्राउ

    काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २९, २०८२
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.