काठमाडौँ / सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुङ्गोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन ।नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि, शीर्ष नेताहरूको बैठकब
काठमाडौँ / कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् ।राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ -३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ -३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने ।गत मङ्सिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।अब आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हु
झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष आभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।अधिकारीले यदि मेयर साम्पाङले राजिनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको संगठनको आरोप छ। केही दिन अगाडि धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटा
बिर्तामोड / नेकपा एकीकृत समाजवादी झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकले आगामी मङ्सिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो ।प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य अशेष घिमिरे, २ मा पोलिटब्युरो सदस्य भास्कर काफ्ले र केन्द्रीय सदस्य नीलमणि बराल, ३ मा केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेल र जिल्ला अध्यक्ष वेदराज रेग्मी, ४ मा केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती र क्षेत्र नं ५ मा केन्द्रीय सद
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ ।माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार प्रत्यक्ष र समानुपातिकमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन् ।समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन मातहतको कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस भएका नेताको नाम २
झापा / नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि छलफल जारी रहने भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको हो । छलफलका लागि बनाइएका विभिन्न ९ समूहले प्रतिवेदनमा समूहगत छलफल गरेपछि अध्यक्ष ओलीले आज नै जवाफ दिने तय भएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायत एजेन
झापा / स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार खापुङलाई आज अस्पतालमा भर्ना गरिएको हो।उनले भने, ‘वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यू अस्पताल आउनुभएको हो। स्वास्थ्य अवस्था सामान्य छ। उहाँको स्वास्थ्य परीक्षण भएको छ, रिपोर्ट आउन बाँकी छ। उहाँलाई चिकित्सकको निगरानीमा राखिने छ।’खापुङ पछिल्लो एक हप्तायता गृह जिल्ला तेह्रथुम थिए। उनी हिजोमात्रै काठमाडौं फर्किएका हुन्। काठमाडौं फर्किएलगत्तै खापुङको स्वास्थ्यमा समस्या आएको हो।
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन ओलीले देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखेका हुन्। उनले एमालेले गरेका काम र आगामी योजनालाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, सांगठनिक विषय लगायतका विषय समेटेर रा
धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान पुगेर वृक्षरोपण गरेका छन्। आज (शुक्रबार) धरान उपमहानगरपालिकाले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्डले वृक्षरोपण गरेका हुन् । शुक्रबार धरान पुगेका प्रचण्डले उपमहानगरको आयोजनामा वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेकाे धराका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा प्रचण्डलाई रूख रोप्न निम्ता गरेका थिए। साम्पाङको नेतृत्वमा धरानमा हरेक शुक्रबार वृक्षरोपण कार्यक्रम आयोजना हुने गरेको छ।
काठमाडौं / सत्तारुढ आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो ।पहिलो चरणको अभियान आज (भाद्र १०) देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.