राजनीति

    Showing 4,581-4,590 of 6,741 items.
  • मेयरको लागि उम्मेदवारी दिन एसएसपी शाहले दिए राजिनामा

    धनुषा / बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले पदबाट राजीनामा दिएका छन् । साहले नेपाली कांग्रेसको तर्फबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन एसएसपीको पदबाट राजिनामा दिएका हुन् । साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको छ । राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय घरानमा कार्यरत थिए । २०७७ पुसमा एसएसपीमा बढुवा भएका साहले २०४९ चैत्रबाट प्रहरी निरीक्षक (इनिस्पेक्टर)बाट सेवा थालेका हुन् । उनका इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 162 पटक पढिएको
  • कृष्णबहादुर महराका स्वकीय सचिवद्वारा पार्टी परित्याग

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिकाको कमिटी अध्यक्ष समेत रहेका शर्माले मंगलबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले फेसबुक मार्फत माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्माले आगामी दिनमा एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन् ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 78 पटक पढिएको
  • अभिनेतृ करिश्मा एमाले प्रवेश गर्दै

    बिर्तामोड / अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । संघीय राजधानी काठमाण्डौमा आज आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनी एमाले प्रवेश गर्ने एमालेले जनाएको छ ।अभिनेतृ मानन्धरसँगै आज हुने पार्टी प्रवेश कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगो पार्टी नै एमालेमा समाहित हुने समेत एमालेले जानकारी गराएको छ ।पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे उनीहरूलाई पार्टी प्रवेश गराउनेछन् ।यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिइन

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 72 पटक पढिएको
  • धनकुटामा समस्यामा एमाले : निर्वाचनमा सत्तारुढ दलले साझा उमेदवार बनाउने

    धनकुटा / आसन्न स्थानीय निकायको निर्वाचनको चुनावी माहोल सुरु भएसँगै दलहरूले निर्वाचन जित्न तयारी थालेका छन् । सत्तारुढ दलबीच चुनावी तालमेलका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकिरहेका बेला प्रदेश १ को धनकुटामा भने सत्तारुढ दलले साझा उमेदवार तय गरी निर्वाचनमा लड्ने औपचारिक निर्णय नै गरेका छन् ।पार्टीको केन्द्रिय तहबाट समेत निर्णय हुन नसकिरहेका बेला सत्तारुढ दल धनकुटामा भने साझा उमेदवार तय गर्न एकजुट बनेका छन् । गठबन्धनमा रहेका अनि धनकुटामा बलियो संगठन भएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी धनकुटाका स्थानीय तहमा साझा उमेदवार बनाएर निर्

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 89 पटक पढिएको
  • निर्वाचन आयोग विरुद्ध अदालतमा रिट दायर

    काठमाडौं / निर्वाचन आयोगले निर्वाचन लक्षित ल्याएको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आचारसंहिता विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका हुन् ।स्थानीय निकायका जनप्रतिनिधिले उममेदवार बन्न आफू बहाल रहेको पदबाट राजिनामा दिनुपर्ने भनेर बनाएको प्रावधान संविधान विपरीत भएको भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।दायर रिटमा निवेदनमा जनप्रतिनिधिले चुनाव अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान बदर गर्न माग गरिएको छ ।सर्वोच्च अदालतले दायरका रिटका विषयमा दर्ता गर्ने–नगर्ने बारे अध्ययन भइरहेको जनाएको छ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 74 पटक पढिएको
  • झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको शक्ति प्रदर्शन

    इलाम  /  नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा एमालेले सभा गरेको हो । सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू सहभागी छन् । नेम्वाङको गृहजिल्ला पनि इलाम नै हो। एमालेले अब लगातार विभिन्न जिल्लामा सभा आयोजना गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । चुनाव केन्द्रित गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्युरो बैठक बस्दैछ ।९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 186 पटक पढिएको
  • माओवादी कर्मचारीको अधिवेशन तय

    बिर्तामोड / नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आगामी बैशाख ३ गते झापामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।संगठनको दोमुखा पर्यटकीय क्षेत्रमा सङ्गठनका झापा अध्यक्ष यदु नन्दन दाहालको अध्यक्षतामा बसेको बैठकले बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।नयाँ नेतृत्व चयन गर्न बसेको संगठनको बैठकमा पार्टीका झापा जिल्ला सह – इन्चार्ज राजु चुडाल , सङ्गठनका केन्द्रिय सचिवालय सदस्य रेवती ढुंगाना, प्रदेश अध्यक्ष रुद्र सुवेदी र उपाध्यक्ष तेजबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो ।  

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 713 पटक पढिएको
  • अनौठो ठाउँ : निर्वाचन अगावै वडा अध्यक्ष र सदस्य सर्वसम्मत चयन

    हुम्ला / सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ। सोही दिन सातै प्रदेशका ७५३ वडामा अध्यक्षदेखि सदस्यहरू चयन हुने हो।तर, हुम्लाको नाम्खा गाउँपालिकाका लिमीका स्थानीयले भने वडा अध्यक्ष तथा सदस्यहरू अहिले नै चयन गरिसकेका छन्। नाम्खा गाउँपालिकाको जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्षमा पाल्जोर तामाङलाई बनाएका छन्। उनी अहिले पनि अध्यक्ष नै थिए।उनी नेपाली कांग्रेसका नेता हुन्। सदस्यहरूमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अब औपचारिकता पूरा गर्नका ला

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 226 पटक पढिएको
  • विष्टलाई निलम्बन गर्ने माओवादीको निर्णय

    बिर्तामोड / माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्टलाई निलम्बन गरेका छन् ।शाही एक विज्ञप्ति निकाल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितको अभिव्यक्ति र गतिविधि गर्दै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेपनि दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा फर्कन गरेको निर्देशनको अवज्ञा गरेको हुनाले सदस्यबाट निलम्बन गरेको बताएका छन् ।त्यसअघि माओवादी केन्द्रको कर्णाली प्रदेशको गत चैत ३ गते बसेको बैठकले विष्टलाई राजीनामा फिर्ता लिई पार्टीको क

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 191 पटक पढिएको
  • एमालेमा पारिवारिक विरासत : बाउको नाममा संस्था , नेतृत्वमा छोरी

    बिर्तामोड / एमालेका संस्थापक नेता एवं पूर्व महासचिव जननेता स्वर्गीय मदन भण्डारीको स्मरणका लागि स्थापित मदन भण्डारी फाउन्डेसनको नेतृत्वमा उनकै छोरी उषाकिरण भण्डारी चयन भएकी छन्।फाउन्डेसनको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले स्वर्गीय नेता भण्डारीकी छोरी उषाकिरण लाई अध्यक्ष बनाइएको हो ।फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन्।सदस्यहरूमा भेषराज अधिकारी , प्रेम सागर , शंकर भण्डारी , महेन्द्र बहादुर पाण्डे , सुशील प्याकुरेल , विमला राई पौडेल , डेगेन्द्र पाण्डे , टीका ढकाल , कृष्ण भण्डारी र रामशरण प्याकुरेल चयन भएका छन् ।त्यसैगरी सदस्य हुनेमा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 112 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा