राजनीति

    Showing 4,581-4,590 of 10,339 items.
  • तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

    तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 579 पटक पढिएको
  • बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 468 पटक पढिएको
  • घुस लिएपछि मर्चवारीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको  मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ ।अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 639 पटक पढिएको
  • प्रचण्डले भने – पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ

    काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् । स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 670 पटक पढिएको
  • कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग

    काठमाडौं –  नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन् । उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 763 पटक पढिएको
  • भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं : शाह

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् । उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे ।उनले बन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 728 पटक पढिएको
  • बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

    काठमाडौं –  नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक  र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् । उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ । म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 526 पटक पढिएको
  • मुख्यमन्त्री बहादुर सिंह लामाले बझाए राजीनामा

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार आफ्नो राजीनामा प्रदेश प्रमुखसमक्ष बुझाएका हुन्। लामाको राजीनामा साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।मुख्यमन्त्री लामाको राजीनामा पत्र उनका प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका हुन्। यसबारेमा प्रदेश प्रमुखको कार्यालयले औपचारिक जानकारी दिएको छ।मुख्यमन्त्री लामाले किन राजीनामा दिए भन्नेबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन। उनी गत वर्ष मात्रै मुख्यमन्त्री बनेका थिए।प्रद

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 671 पटक पढिएको
  • प्रधानमन्त्रीको टिप्पणीप्रति राप्रपाको आपत्ति – सभामुखले सरकार पक्षमै नसोच्न आग्रह

    काठमाडौं  –  राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।उनले थपे, ‘सभामुखले पनि स

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 427 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा गर्यो संगठन विस्तार

    काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो (आइतबार) हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्र

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 636 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.