राजनीति

    Showing 4,541-4,550 of 5,392 items.
  • मुख्यमन्त्री केसीलाई विश्वासको मत

    बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत  लिएका छन्। सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहेका थिए । नेकपा  (एमाले)ले सदन बहिष्कार गरेको थियो ।सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रो

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 73 पटक पढिएको
  • अध्यक्ष ओली र एकता पक्षधर नेताहरूबीच १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।आज (सोमबार) ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओली र एकता पक्षधर नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको हो । छलफलमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सहमति अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ । ओली निवास

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 122 पटक पढिएको
  • कांग्रेसले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई आज बुझाउदै

    बिर्तामोड / नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाउँने भएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको हो । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरूले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।उक्त प्रतिवेदन गत साउन ३० गते सम्

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 78 पटक पढिएको
  • बालकोटमा ओलीसँग तेस्रो धारका नेताहरूको छलफल जारी

    काठमाडौं / पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरू बालकोट पुगेका हुन्। अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेताहरू ओली निवास बालकोट पुगेका हुन् ।उनीहरूबीच वार्ता जारी रहेको छ । उनीहरूले पार्टी विभाजनमा नेता माधव कुमार नेपाललाई साथ दिएनन् । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । 

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 107 पटक पढिएको
  • एक मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक

    काठमाडौं / कर्णाली प्रदेशका एक मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको छ । कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले एक महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको हो ।केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।  ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भने अनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’प्रहरीको सम्प

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 98 पटक पढिएको
  • कांग्रेस नेताको दादागिरी : अनुमति नै नपाएको बैंकको उद्घाटन

    काठमाडौँ  / कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने लगत्तै कांग्रेस नेताहरूले सत्ताको दुरुपयोग गर्न थालेका छन् । सरकारको आडमा विवादित छविका नेताहरूले आफ्नो हित अनुकुलका काम अनि हर्कत गर्न थालेका हुन् ।सरकारी जग्गा हडपेको विषयमा विवादमा मुछिएका कांग्रेस नेता सुरेन्द्र भण्डारीले अनुमति नै नपाएको बैंकको उद्घाटन गरेका छन् । अनुमति नै नपाएको बैंकको उद्घाटन गरिएका तस्विर सामाजिक संजालबाट सार्वजनिक भएपछि जनस्तरबाट सत्तामा पुगेपछिको दादागिरी भन्दै आलोचना सुरु भएको छ ।केही दिन अघि काठमाण्डौको बानेश्वरमा संचालन अनुमति नै नपाएको सहकारी बैंकको मुख्य कार्यालय कांग्रेस नेता आनन्द प

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 138 पटक पढिएको
  • निर्वाचन आयोगले एमालेले पठाएको २६० सदस्यीय कमिटीलाई मान्यता नदिने

    बिर्तामोड / नेकपा एमालेले निर्वाचन आयोग पठाएको २६० केन्द्रीय सदस्यको विवरणलाई आयोगले तत्काल मान्यता नदिने भएको छ । आयोगले कानुन अनुसार नेकपा एमाले दर्ता हुँदाको बखतमा रहेको केन्द्रीय सदस्य सङ्ख्याबाट नै माधव नेपाललाई सनाखत गराउने भएको छ । कानुन अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी रहेको छ ।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको संख्या अद्यावधिक गरेर आयोगमा पठाएको थियो । गत भदौ १ गते मंगलबार

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 90 पटक पढिएको
  • झापाको एमाले समानान्तर कमिटि समाजवादीमा समाहित

     विर्तामोड//नेकपा एमाले झापाको समानान्तर कमिटि नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ।  शनिबार विर्तामोडमा बसेको समानान्तर एमाले जिल्ला कमिटिको बैठकले बेदराज रेग्मी नेतृत्वमा गठन भएको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरेको हो।  बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।बैठकमा नवगठित पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश खरेलले सम्बोधन गर्दै अहिलेको विद्रोह बाध्यात्मक र अनिवार्य आवश्यकता भएको बताएका हुन् ।केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 79 पटक पढिएको
  • अर्थ समितिद्वारा धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

    बिर्तामोड / प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवर्द्धन गर्न आवश्य

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 72 पटक पढिएको
  • माधव नेपाल निकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

    बिर्तामोड / सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् । सरकारले स्पष्टीकरण सोधेका गुरु भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए ।महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए । ‘नियुक्तिको पत्र आज आउला,’ उनले भने। झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सरकारले नेपाल पक्षकालाई राजनीतिक नियुक्ति द

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 133 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा