राजनीति

    Showing 4,451-4,460 of 5,390 items.
  • प्रतिनिधिसभा बैठक : भदौ २७ गतेसम्मका लागि स्थगित

    बिर्तामोड / प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । आज शुक्रबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । एमाले सांसदहरूको अवरोधका बीच चलेको बैठक सभामुख अग्नि सापकोटाले भदौ २७ गते (आइतबार) सम्मका लागि स्थगित भएको घोषणा गरे ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 66 पटक पढिएको
  • कांग्रेसको राजनीतिमा जयवीर सिंह देउवा

    बिर्तामोड / राजनीतिक दलका नेताहरूले आफ्ना परिवारका सदस्य र नातेदार अनि नजिकका मान्छेलाई आफू रहेको दलमा ल्याएर अघि बढाउनु दक्षिण एसियाली मुलुकका लागि नयाँ भने हैन । नेपालमा कांग्रेस भित्रको कोइराला परिवार र माओवादी भित्र दाहाल परिवारको दबदबाको आलोचना भइरहेकै समयमा अन्य नेताले समेत त्यही बाटो समाउन थालेका छन् ।केन्द्रिय राजनीतिमा रहेका देखि स्थानीय स्तरको राजनीतिमा रहेका सम्मले आफ्नो उत्तराधिकारीको रुपमा पारिवारीका सदस्यलाई अघि बढाउन थालेका छन् । स्व. विपी कोइराला र  गिरिजा प्रसाद कोइराला , गणेशमान सिंह , मदन भण्डारी र परिवर्तनको वाहक भनिएका प्रचण्ड सम्मले आफ्नो उत्तराधिकारी बनाउन पारिवारिक

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 100 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

    बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका हुन् । बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरूलाई आग्रह समेत गरेका छन् । मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।पौडेलले बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 93 पटक पढिएको
  • संसद् बैठक : दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

    काठमाडौँ  / सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न एक बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् ।प्रतिनिधिसभा आजको बैठकमा शपथ सम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।त्यसैगरी राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्ब

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 74 पटक पढिएको
  • राष्ट्रिय सहमतिमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : प्रचण्ड

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उनको निवास खुमलटार पुगेकी थिइन् ।अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरू स्पष्ट रहेको बताएका उनका प्रेस

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 73 पटक पढिएको
  • झापाली नेता शर्माद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा

    काठमाण्डौ / झापाली नेता एवं नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आसन्न  महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुन्दरीजल स्थित बीपी सङ्ग्रहालय पुगेर शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजल पुगेर  शर्माले उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेद्वारी घोषणा गर्दै शर्माले १५ वर्ष लगातार कांग्रेसको नेतृत्वमा केन्द्रिय सरकार चलाउने उद्घोष समेत गरेका छन् । शर्माले आफ्नो उम्मेदवारी  बिपीले कल्पना गरेको विकासको मोडल साकार पार्नका लागि भएको समेत बताएका छन् । महामन्त्र

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 74 पटक पढिएको
  • पार्टीकाे कारबाहीमा परेका १४ जना उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

    बिर्तामाेड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कारवाहीमा परेका माधवकुमार नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठक आज बुधबार  बोलाइएको छ । उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, – ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरू उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 90 पटक पढिएको
  • आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन सुरु

    काठमाडौँ / सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका छन् ।अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी पत्र वाचन गर्ने, सभामुखको अनुपस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने र  गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्ने लगायत सम्भावित कार्यसूची रहेको बताइएको छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोज

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 83 पटक पढिएको
  • मोरङमा नेकपा एमालेका ८ जनप्रतिनिधि एकीकृत समाजवादीमा

      मोरङ//मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले समाजवादी रोजेका  हुन्। बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी गराएको छ। पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका छन्। माधव समूहमै रहेकी केराबारी गाउँ

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 53 पटक पढिएको
  • ताप्लेजुङमा नेकपा एमालेबाट २१ जना एकीकृत समाजवादीमा

     ताप्लेजुङ//ताप्लेजुङमा नेकपा एमालेबाट पाँच प्रमुख/अध्यक्ष र पाँच उपाध्यक्षसहित २१ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । ताप्लेजुङ एमालेको तेस्रो धारका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई निर्वाचित जिल्लामा १ सय ७३ जनप्रतिनिधिमध्ये २१ जनाले समाजवादी रोजेका  हुन्। जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेल समाजवादीमा गएको बताइएको छ।त्यसैगरी मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका - ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँप

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 47 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा