काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो। लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन। तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो।’ अदालतको निर्णयले देशको राजनीतिक अब कता जान्छरु भन्ने गम्भिर बिषयमा पनि छलफल
बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ ।कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । ‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ,’ ओली समूहका नेता गुलावजङ्ग शाहले भने, ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । सिटिइभीटीको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कायर होइन राजीनामा दिन, कुनैपनि हालतमा राजीनामा आउँदैन ।’ मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मुलुक राजनीतिक संकटतर्फ धकेलिएको समेत दावी गरे ।‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याँकन गर्नेछन्’ उनले भने, प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । नेता गौतमले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले बैठक बोलाउन आवश्यक रहेको उल्लेख गरेका छन् । गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’गौतमले रा
बिर्तामोड / नेकपाको प्रचण्ड – नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।काठमाडौंमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ । यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् ।बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिज
बिर्तामोड / प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् । संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन् । आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर
बिर्तामोड / प्रतिनिधि सभा पुर्नस्थापन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब कसरी अघि बढ्ने भन्नेमा अन्योलमा छन् । उनले यस विषयमा छलफल गर्न आफु निकट स्थायी कमिटीको बैठक बोलाएका छन् ।बुधबार बालुवाटारमा बैठक बस्न लागेको हो । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । अझै चलखेल गरेर सत्ता टिकाउने उनको रणनीति छ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा पुर्नस्थापन गर्न आदेश दिइसकेको छ । जहाँ उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।
बिर्तामोड / प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।आज अपरान्ह ४ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने यसअघिको निर्णयलाई कायम राख्दै नयाँ नेताका रुपमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि उम्मेदबार बनाउने तयारी गरेको छ ।यस्तै बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।
बिर्तामोड / प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि बदर हुने कानूनविद्ले बताएका छन् । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो ।सर्वोच्च अदालतले संसद् विघटन नभएको फैसला गरेसँगै संसदीय सुनुवाइ नगरी भएका नियुक्ति धरापमा परेको हो । संसद् नभएको भनेर सिफारिस गरी नियुक्ति गरिएकोमा सर्वोच्च अदालतले संसद् विघटनलाई अस्वीकार गरेकाले सर्वोच्चको फैसलाअनुसार सबै नियुक्तिले मान्यता नपाउने कानुनविद्हरूले बताएका छन् ।सर्वोच्चको मंगलबारको फैसलामा प्रारम्भदेखि नै कानुन प्रभाव शून्य रहने गरी प्रतिनिधिसभा विघटन बदर
बिर्तामोड/ सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.