राजनीति

    Showing 4,371-4,380 of 7,564 items.
  • स्याङ्जा २ मा गठबन्धनलाई बुथ कब्जाको आरोप, पुनः मतदान गर्न माग

    स्याङ्जा / स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघबहादुर आलेसहितले कांग्रेस उम्मेदवार धनराज गुरुङकै अगुवाइमा धाँधली भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।गठबन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरे

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 67 पटक पढिएको
  • सुरु भयो झापा ४ र ५ को मत मतगणना

    झापा / झापा निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघिमात्रै प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मतगणना सुरु भएको हो ।झापा ४ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली कांग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायत प्रतिस्पर्धामा छन् ।त्यस्तै झापा –५ मा प्रतिनिधिसभा सदस्यतर्फ ओलीसँगै नेपाली कांग्रेसबाट खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायतको उम्मेदवारी छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 72 पटक पढिएको
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेनको अग्रता

    बिर्तामोड / झापा ३ मा ५०० मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन २२७ मत प्राप्त गरेका छन् । यसैगरी कांग्रेस कृष्ण सिटौला २१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका प्रकाश पाठकले २१ मत प्राप्त गरेका छन् । झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ भने कृष्ण सिटौलाले गठबन्धनमा आबद्ध दलको साथ पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 95 पटक पढिएको
  • झापा –२ मा एमालेका घिमिरेको अग्रता, पछ्याउँदै गठबन्धनका राना

    बिर्तामोड / झापा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । १२ः३० बजेसम्म प्राप्त मतपरिणामअनुसार एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिइरहेका छन् भने गठबन्धनका उम्मेदवार हरिकुमार रानाले पछ्याइरहेका छन् । हालसम्म प्राप्त मतपरिणामअनुसार जम्मा तीन हजार ८७७ मत गणाना गर्दा घिमिरेले एक हजार  ४२६ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने रानाले ८४८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल ८०६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्रप्रसाद गिरी ४७४ मत सहित चौथो स्थानमा छन् ।हालसम्म २४५ मत बदर भएक

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 76 पटक पढिएको
  • कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी

    झापा / नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ । मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई नौ सय १४ मतान्तरले पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 81 पटक पढिएको
  • तेह्रथुमको छथरमा मंगलबार पुनः मतदान हुने

    तेह्रथुम  / तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ । राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 68 पटक पढिएको
  • काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउदै रवीन्द्र मिश्र

    काठमाडौं / काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । हालसम्म तीन हजार १९६ मत गणना भइसक्दा सिंहले ८१६ मतका साथ अग्रता कायम गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७३५ का साथ उनलाई पछ्याइ रहेका छन् ।तेस्रो स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 75 पटक पढिएको
  • झापा –३ मा मतगणना सुरु

    भद्रपुर / झापा क्षेत्रनम्बर ३ मा मतगणना सुरु भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मत मिलाउने काम धमाधम भइरहेको छ ।सर्वदलीय बैठकले बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरे पनि प्राविधिक कारणले मतगणना गर्न ढिला भएको थियो । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिस्पर्धा भएको आकलन गरिएको छ ।त्यसैले सबैको ध्यान यहाँ केन्द्रित बनेको छ । यस क्षेत्रमा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा –३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसे

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 101 पटक पढिएको
  • काठमाडौँ –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

    काठमाडौँ  / काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले २९० मतसहित तेस्रो स्थानमा छिन्। चौथो स्थानमा लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 103 पटक पढिएको
  • दैलेखका मतदान अधिकृत मतपेटिका छोडेर सुत्न गएपछि...

    सुर्खेत  / दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका –२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।मतदान अधिकृत खनालले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 97 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा