राजनीति

    Showing 4,371-4,380 of 10,335 items.
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए । उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे ।  अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 494 पटक पढिएको
  • डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए । उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा,

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 246 पटक पढिएको
  • १६ विद्यार्थी सङ्गठनले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरे

    काठमाडौं— सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, व

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 808 पटक पढिएको
  • एमाले त्यागेर माओवादीमा प्रवेश, मालबहादुर बुढालाई प्रचण्डले गरे स्वागत

    डोल्पा— डोल्पाको काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।बुढालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका छन्। पार्टी स्रोतका अनुसार बुढाले माओवादी केन्द्रको विचार, राजनीतिक कार्यक्रम र भूमिकाबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।हालैको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 843 पटक पढिएको
  • दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बै

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 546 पटक पढिएको
  • विवेकशील साझाले पाँच सदस्यीय राजनीतिक संवाद समिति गठन गर्‍यो

    काठमाडौं— विवेकशील साझा पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ। समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको विवेकशील साझाले जनाएको हो।पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेकाले समान विचार भएका दल, समूह र  अभियानकर्मीहरूको

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 782 पटक पढिएको
  • दुर्गा प्रसाईँ भन्छन् चैत १५ मा मार्छन् भन्ने सूचना अघिल्लो दिन नै थियो

    काठमाडौं— गत चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । थुनाबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दाबी गरे । 

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 668 पटक पढिएको
  • मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्योः मन्त्री सिंह

    काठमाडौं— उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए । उनले भने, ‘मैले के देखि रहेको छु भने संस्थालाई अघि बढाउने काममा तपाईहरुको कमि कमजोरी देखिएको छ । जनताको सेवा सुविधाको लागि काम गर्न भनेर त मन्त्रालयहरु गठन भएको, सेवामा नै अनावश्यक रुपमा ढिला सुस्ती गर्न थालेपछि गाह्रो हुने भयो

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 731 पटक पढिएको
  • कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय आजदेखि संचालनमा

    इटहरी— कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।उनले  भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 543 पटक पढिएको
  • जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही

    काठमाडौं—  वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् । सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए ।मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान ग

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 617 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.