राजनीति

    Showing 4,261-4,270 of 10,321 items.
  • हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले  गर्दा  पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 667 पटक पढिएको
  • एनपी साउद भन्छन उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूलाई बक्यौता भुक्तानी नदिइएको र सरकारले दिनुपर्ने अनुदान कटौती गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसानहरू विशेषतः उखु किसानहरू वर्षौंदेखि निरन्तर अन्यायमा परेको बताएका हुन् ।‘नेपाल कृषि प्रधान देश भएपनि उखु किसानहरु निरन्तर अन्यायमा परिरहेका छन् । हाल सरकारले प्रदान गर्दै आएको अनुदान कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू राजधानीको माइतीघरमा धर्ना दिन बाध्य भएका छन्,’ उनले भने, ‘यो अवस्था हाम्रो कृषि आधारित अर्थतन्त्र र उखु उत्पादन चक्रका लागि गम्भीर चि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 768 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 665 पटक पढिएको
  • कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन्।‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’उनले केही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विष

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 658 पटक पढिएको
  • दलहरूमाथि दबाब बढाउँदै आन्दोलनरत शिक्षक माओवादी केन्द्रमा

    काठमाडौं— शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए । बुधबार नेपाली कांग्रेस र बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको महासंघ आज माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिन पुगेको हो ।अध्यक्ष सुवेदीका अनुसार महासंघले  दिउँसो १ बजे पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाउने छ । उनल

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 627 पटक पढिएको
  • संसद्‍मा आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्‍मा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका उनको सचिवालयले जनाएको छ। चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट क

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 525 पटक पढिएको
  • देशका सबै स्थानीय तहमा सरकारले खटायो प्रमुख प्रशासकीय अधिकृत

    काठमाडौं— निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन्।निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन्। ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्य

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 667 पटक पढिएको
  • आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, कार्यसूचीसहित

    काठमाडौं— आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउसो १ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजेदेखि सरुु हुने छ ।आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आज सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ’कृ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 522 पटक पढिएको
  • आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा

    रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन  ।कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए ।  उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।आफू

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 295 पटक पढिएको
  • प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

    काठमाडौं— प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिएका थिए।प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे । उनले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताए

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 662 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.