सुर्खेत / कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।
कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।
प्रदेशसभा सचिवालयका सचिव डा.अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रदेशसभा सदस्यहरूलाई गराइएको हो ।






































