काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न पहल, प्रयास तथा समन्वयमार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन
काठमाडौं । नेपाली कांग्रेसले खाना पकाउने ग्यासको विकल्पमा विद्युत्को प्रयोग बढाउन सरकारसँग माग गरेको छ । कांग्रेसले विद्युत् खपतमा लगाइएका सबै अतिरिक्त कर तत्काल हटाउन, इन्डक्सन चुलोलगायत विद्युतीय उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति लागू गर्न माग गरेको हो ।कांग्रेसको केन्द्रीय समिति बैठकले जनजीविकासँग जोडिएका विषयमा छलफल गर्दै ग्यास अभावको दीर्घकालीन समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहने भएकाले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको निर्भरता क्रमशः घटाउने नीति आवश्यक रहेको कांग्रेस
विराटनगर / कोशी प्रदेश सरकारले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष पुनः दबाब बढाउने भएको छ । विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय सरकारबाट सम्बोधन हुन नसकेका विभिन्न विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको हो ।बैठकले संघीय निजामती सेवा ऐन तत्काल ल्याउनुपर्ने, प्रदेशका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने, प्रहरी समायोजन गर्नुपर्ने तथा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने यातायातसम्बन्धी ट्राफिक जरिवाना प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था गर्नुपर्ने विष
काठमाडौं । वर्षौंदेखि बन्द तथा घाटामा चलिरहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको अभियानलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरेका छन् ।बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको विषयलाई सकारात्मक भन्दै प्रचण्डले सरकारको कदमको प्रशंसा गरेका हुन् ।प्रचण्डले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने बताएका छन् । सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालन गर्नुपर्ने उनको जोड
काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबारं) बस्दैछ । बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
काठमाडौं / मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाको समीक्षा गर्न आयोजित छलफलमा सांसदहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्री नियन्त्रणमा राज्यका निकाय थप जिम्मेवार र प्रभावकारी बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको उपस्थितिमा मधेश प्रदेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा मधेशमा उत्पन्न पछिल्लो अवस्था, त्यसका कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत विमर्श गरिएको थियो।छलफलका क्रममा अधिकांश सांसदहरूले सामाजिक सञ्जा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको आगामी राजनीतिक दिशा, १५औँ महाधिवेशनको तयारी र सरकारको कामकारबाहीमाथि छलफल सुरु भइरहेका बेला सात प्रदेश सभापतिमध्ये पाँच जना मात्रै बैठकमा सहभागी भएका छन्। कर्णाली र सुदूरपश्चिमका प्रदेश सभापति बैठकमा उपस्थित नभएपछि कांग्रेसभित्रको प्रदेशगत प्रतिनिधित्व पनि चर्चामा आएको छ।सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको थियो। बैठकमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन सहभागी भएका छन्। कर्णालीका ललितजंग शाह
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले अर्थतन्त्र, न्यायिक प्रक्रिया र श्रम क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने तीनवटा विधेयकलाई अघि बढाएको छ। अर्थ मन्त्रालय, कानुन मन्त्रालय र श्रम मन्त्रालयसँग सम्बन्धित कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ सदनमा प्रस्तुत भएका हुन्।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषसम्बन्धी संशोधन विधेयक प्रस्तुत गरे। कोषसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालाई समयअनुकूल बनाउने उद्देश्यसहित विधेयक अघि बढाइएको हो। कर्मचारीको बचत, सामाजिक सुरक्षासँ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सोमबार एकै दिन नेपालका दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेट शिष्टाचारमा केन्द्रित थियो।प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच सोमबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे प्रधानमन्त्री सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर प्रधानमन्त्रीले सोही दिन भारतीय राजदूत नवीन श्रीवास्तवसँग समेत भेटवार्ता गरेपछि एकै दिन दुवै छिमेकीका
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका मदिरा सेवन र अश्लील भिडियोसम्बन्धी आरोपको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए सांसद पद मात्र होइन, राजनीतिक जीवनबाटै अलग हुने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसदअन्तर्गतको स्वास्थ्यसम्बन्धी निकाय र चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन तयार रहेको बताए। उनले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए तत्काल सांसद पदबाट राजीनामा दिने प्रतिबद्धता जनाए।शाहीले सामाजिक सञ्जालमा प्रचार गरिएको अश्लील भिडियो आफ्नो नभएको दाबी गर्दै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.