काठमाडौं— नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ः३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउ
काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भ
काठमाडौं— एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ।महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
काठमाडौं— ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको
कञ्चनपुर— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तर छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ
काठमाडौं— आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् ।मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे।उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी स
काठमाडौँ। निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । आयोगले उम्मेदवार वा दलको कार्याल
जुम्ला— कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो ।जिल्ला समितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कर्ण बहादुर शाही, पूर्व सांसद का
काठमाडौं— सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।’अभियानका केन्द्रीय प्रेमदिप लिम्ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.