राजनीति

    Showing 381-390 of 10,274 items.
  • पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मी को संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको ठहर गर्दै कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएको हो।यसअघि थमन विक हत्या प्रकरण मा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरीको थुना प्रक्रियामाथि प्रश्न उठेको छ भने अब आदेश कार्यान्वयनपछि उनी कारागारमुक्त हुने बाटो खुलेको छ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 161 पटक पढिएको
  • प्रधानमन्त्री बालेन–राप्रपा वार्ता : संविधानदेखि सुकुम्बासीसम्म ५ एजेन्डामा छलफल

    काठमाडौं । सरकार गठनको १०० दिनपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ले राजनीतिक दलहरूसँग संवादलाई तीव्र बनाएका छन्। यसक्रममा शुक्रबार सिंहदरबारमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीसँग करिब एक घण्टा लामो भेटवार्ता भयो। भेटमा संविधान संशोधन, रासायनिक मलको अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमा र संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता गरी पाँच प्रमुख विषयमा केन्द्रित छलफल भएको थियो।राप्रपाले सुकुम्बासीको व्यवस्थापनबारे चासो राखेपछि प्रधानमन्त्री शाहले व्यवस्थापन गरिने तर काठमाडौंभित्रै जग्गा उपलब्ध गराउन सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले हो

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 165 पटक पढिएको
  • प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच छलफल,

    काठमाडौं । मुलुकको अर्थतन्त्र र वित्तीय प्रणालीसँग जोडिएका महत्वपूर्ण विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलबीच उच्चस्तरीय भेटवार्ता भएको छ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रका चुनौती, वित्तीय प्रणालीको स्थायित्व तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा मुलुकको वित्तीय क्षेत्रलाई थप प्रभावकारी, विश्वासयोग्य र चलायमान बनाउने उपायबारे विचार आदानप

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 149 पटक पढिएको
  • विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ताको तयारी

    काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।विशेष सरकारी वकिल कार्यालयका अनुसार यसअघि व्यवसायी दीपक भट्ट विरुद्ध दर्ता भइसकेको मुद्दासँग सम्बन्धित पूरक अभियोगका रूपमा नयाँ प्रतिवादी थप गर्न लागिएको हो। यस प्रकरणमा व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल लगायत सात जनालाई प्रतिवादी बनाउने तयारी गरिएको छ। अनुसन्धानबाट प्राप्त विवरणका आध

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 174 पटक पढिएको
  • सांसदहरुले स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषदको निणर्य

    काठमाडौं । लामो समयदेखि रोकिएको सांसदहरूको स्वकीय सचिव (निजी सचिव) राख्ने सुविधा सरकारले पुनः ब्युँताएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै अब संघीय संसदका प्रत्येक सांसदले आफ्ना लागि स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम का अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै पुरानो व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो। मन्त्री गौतमले यसअघि सांसदहरूले पाउँदै आएको सुविधा पुनः कायम गरिएको बताउँदै अब स्वकीय सचिव नियुक्त गर्ने कानुनी बाटो खुलेको जानकारी दिइन्।यसअ

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 163 पटक पढिएको
  • सिंहदरबारमा बालेन–लिङ्देन संवाद, राजनीतिक समीकरणदेखि समसामयिक मुद्दासम्म छलफल

    काठमाडौं । देशको राजनीतिक माहोल परिवर्तनतर्फ उन्मुख भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बीच सिंहदरबारमा उच्चस्तरीय भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, बदलिँदो सत्ता समीकरण, राष्ट्रिय सरोकारका विषय तथा आपसी चासोका विविध मुद्दामा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटवार्तामा प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थि

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 66 पटक पढिएको
  • बागमतीमा सत्ता समीकरण फेरिने संकेत, कांग्रेस–एमाले टुटे नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले गठबन्धनमा आएको दरारले अब बागमती प्रदेशको राजनीतिलाई पनि तरंगित बनाएको छ। गठबन्धन औपचारिक रूपमा टुटेको घोषणा नभए पनि सत्ता समीकरण फेरिन सक्ने संकेतसँगै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सरकारको नेतृत्व दाबी गर्ने रणनीति अघि बढाएको छ।बागमतीमा कांग्रेस नेतृत्वको सरकार कायम रहे पनि एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी थालेको चर्चा छ। त्यससँगै वामपन्थी समीकरण निर्माणका लागि एमालेले नेकपासँग अनौपचारिक संवाद अघि बढाएको बताइएको छ। नेकपाका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल ले एमालेबाट सहकार्यको प्रस्ताव आएको स्वीकार गर्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 219 पटक पढिएको
  • भोलिदेखि सरकारी कर्मचारीको तलब बढ्दै

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ। सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता शुक्रबारदेखि लागू हुँदैछ। यससँगै निजामती कर्मचारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुनेछ। तलबसँगै प्रोत्साहन भत्ता थपिएपछि धेरै कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ।सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ। यसबाहेक ५ हजार रुपैयाँ महँगी भत्ता र करिब ३ हजार रुपैय

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 182 पटक पढिएको
  • सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार गठन गर्दै नेकपा

    धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नेकपा संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग औपचारिक छलफल अघि बढाउने निर्णय गरेको छ।बिहीबार संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो। नेकपाले अहिलेको सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि नीतिगत वा महत्त्वपूर्ण निर्णय नगर्न चेतावनीसमेत दिएको छ। पार्टीले नयाँ सत्ता समीकरण निर्माणका लागि आवश्यक राजनीतिक संवाद तीव्र बनाउने जनाएको छ।बजेट विवाद चर्किएपछि मुख्यमन्त्र

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 179 पटक पढिएको
  • खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    काठमाडौं— काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त्री पो

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 418 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.