राजनीति

    Showing 3,121-3,130 of 10,314 items.
  • सरकारको राजनीतिक संवाद टोलीले एमाले कार्यालय अनुगमन गर्यो

    काठमाडौं—  सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ।जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको अवस्थाबारे अवलोकन गर्न मन्त्रीसहितको टोली आइतबार च्यासलस्थित पार्टी कार्यालय पुगेको हो। टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक विवरण संकलन गरेको स्रोतले जनाएको छ।सरकारी टोलीले आगजनीको तथ्यांक बुझ्ने र राजनीतिक छलफलमा उपयोग गर्न रिपोर्ट तयार गर्ने बताइएको छ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 504 पटक पढिएको
  • अस्थायी रुपमा रोकियो भारत–बंगलादेश भिसा सेवा

    काठमाडौं—  बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 521 पटक पढिएको
  • राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

    काठमाडौं—  सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।उनले भने,‘जेनजी जनआन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 513 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा तीन शीर्ष नेतालाई शीतलनिवासमा छलफलका लागि आमन्त्रण

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी हुनेछन्।शीतलनिवास स्रोतका अनुसार छलफल आज दिउँसो ३ बजेका लागि तय गरिएको छ। समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्न राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएको बताइएको छ।छलफलको एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 503 पटक पढिएको
  • ‘दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ’

    काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतबाट जारी भएका फैसलाको कार्यान्वयन अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा महान्यायाधिवक्ता कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले फौजदारी मुद्दामा ठहर भएका कैद र जरिवानाको लगत बढ्दै जानु र असुलीमा प्रभावकारिता नहुनु गम्भीर चुनौतीको विषय रहेको भन्दै यस्तो अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।उनले भने, ‘न्यायको सार केवल फैसला वा आदेशमा सिमित हुदै

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 503 पटक पढिएको
  • जेनजी समूहको माइतीघरमा आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै समूहले अन्तरिम सरकारमाथि दबाब दिन शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो।हिजो सोमबारदेखि सुरु भएको आन्दोलनमा सहभागीहरूले विभिन्न प्लेकार्ड र नारामार्फत सरकारको आलोचना गरेका छन्। उनीहरूले वर्तमान नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।आन्दोलनकारीहरूका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 494 पटक पढिएको
  • ६ घण्टा लामो छलफलपछि लामिछाने–शाह एकताको सन्देशसहित बाहिरिए

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सुखद भेटवार्ता भएको असिम शाहले बताएका छन्। रवि–बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ,’ शाहले फेसबुकमा लेखेका छन्, ‘रवि र बालेन–दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई।’लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। वार्ता

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 463 पटक पढिएको
  • ‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ । आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 505 पटक पढिएको
  • झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन्ः हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

    काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् ।जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् ।उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 493 पटक पढिएको
  • नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

    काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.