राजनीति

    Showing 3,051-3,060 of 7,540 items.
  • प्रधानमन्त्री ओलीद्वारा सत्ता साझेदार दलसँग बैठक आह्वान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजेका लागि बालुवाटारमा सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 467 पटक पढिएको
  • सरकारले विकासमा तीव्रता दिनुपर्ने आवश्यकता छ : नेता कोइराला

    काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको विश्वास रहेको र सरकारसँग कम समय भएकाले जनताका चासोलाई प्राथमिकता दिनुपर्ने बताए । कोइरालाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिँदै, केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको टिप्पणी गरे । साथै, नेपालको परराष्ट्र नीतिमा एकरुपता आवश्यक रहेको पनि उनको भनाई थियो । 

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 347 पटक पढिएको
  • लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ

    काठमाडौं–लुम्बिनी प्रदेशमा बुधबार नियुक्त तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना, देवकरण कलवार, र जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका थिए ।तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण, र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने छन् । शपथ समारोहमा मुख्यमन्त्री आचार्य, कांग्रेस नेता डिल्लीबहादुर चौधरी, र माओवादी नेता जोखबहादुर महराको उपस्थिति थियो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 385 पटक पढिएको
  • राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्तारुढ दलको निर्णय

    काठमाडौं— सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छा

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 263 पटक पढिएको
  • प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ।जिल्ला कमिटीले बुधबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनः सञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ। जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 306 पटक पढिएको
  • सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम थाल्छौँ— प्रचण्ड

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पुष्टि गरेको दावी गरे।प्रचण्डले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ।'‘मेरो ने

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 420 पटक पढिएको
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसनधानका लागि ६ हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार मात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 541 पटक पढिएको
  • प्रत्येक जिल्लाबाट कम्तीमा सय जना पोखरा पुग्न रास्वपाको सर्कुलर

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ ।सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएक

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 376 पटक पढिएको
  • रविविरुद्धको फाइल न्यायाधीश नवराज दाहालको इजलासमा पेश हुने

    काठमाडौं— सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधम

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 428 पटक पढिएको
  • विपक्षी दलले भोलि खबरदारीसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं— प्रमुख प्रतिपक्षिसहित प्रतिपक्षी दलहरुले सरकार जनताप्रति उदासिन भएको निश्कर्ष निकालेका छन्। शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले बाढीपहिरोपछिको उद्धार र राहतमा सरकार उदासीन देखिएको र जनसरोकारभन्दा बढी पार्टीगत स्वार्थलाई प्राथमिकता दिएर अघि बढिरहेको निश्कर्ष निकालिएको हो।बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेताले यी बिषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने समझदारी भएको बताए।सरकारले गम्भिरता नदेखाए विशेष अधिवेशनको माग गर्ने विकल्पमा समेत छलफल भएको बस्नेतले बताए। यस्तै बैठकमा एमालेले पार्टी कार्यालय बनाउन विवादित व्यवसायी  मीनबहादुर गुरुङबाट लिएको जग्गादान र साना दल फुटा

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • 485 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा