काठमाडौं । आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै युवा नेता राम कुमार बस्नेत (आर.के.) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसदका रूपमा सिफारिस भएका छन् ।
शाही युवा शक्तिबाट राप्रपामा आबद्ध भएका बस्नेत पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । उनलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवारका रूपमा पार्टी नेतृत्वले अगाडि बढाएको हो ।
सामाजिक अभियान, युवामुखी राजनीति तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका बस्नेतले समानुपातिक सांसद भएमा देश विकास र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पार्टी संगठन सुदृढीकरण, युवाको सहभागिता विस्तार तथा राष्ट्रवादी एजेन्डामा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनको उम्मेदवारीले पार्टीभित्र युवाको प्रतिनिधित्व अझ सशक्त हुने अपेक्षा गरिएको छ । उनको सिफारिससँगै पार्टी कार्यकर्ता तथा समर्थकहरूले खुसी व्यक्त गर्दै सफल राजनीतिक यात्राको शुभकामना दिएका छन् ।






































