रामेछाप— अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ?’ उनले भने ।आफूले मात्र चुनाव जित्नु ठुल
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् ।मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ काम गरिरहेको छ । निर्वाचनको वातावरण बनिरहेको परिपेक्षमा एमालेको तर्फबाट उहाँहरुले वातावरण बनाउनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्नेर पार्टीका महासचिवको
काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।सोही क्रममा आन्दोलनमा सहभागी डा।निकोलस भुषालले जेनजीहरुले राखेको पाँच वटा माग पूरा नभएसम्म २४ घण्टा आन्दोलनमा बस्ने बताए ।उनले भने, ‘सम्पूर्ण जेनजी बन्दीहरुलाई आम माफी दिनुपर्छ, हत्यारालाई कारबाही गर्नुपर्छ, ०४६ साल यताका सम्पूर्ण नेता कर्मचारीहरुको छानबिन गर्नुपर्छ, संविधान संशोधन गरेर प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्न र प्रत्यक्ष नि
काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ।जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको अवस्थाबारे अवलोकन गर्न मन्त्रीसहितको टोली आइतबार च्यासलस्थित पार्टी कार्यालय पुगेको हो। टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक विवरण संकलन गरेको स्रोतले जनाएको छ।सरकारी टोलीले आगजनीको तथ्यांक बुझ्ने र राजनीतिक छलफलमा उपयोग गर्न रिपोर्ट तयार गर्ने बताइएको छ।
काठमाडौं— बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि
काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।उनले भने,‘जेनजी जनआन
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी हुनेछन्।शीतलनिवास स्रोतका अनुसार छलफल आज दिउँसो ३ बजेका लागि तय गरिएको छ। समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्न राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएको बताइएको छ।छलफलको एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन।
काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतबाट जारी भएका फैसलाको कार्यान्वयन अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा महान्यायाधिवक्ता कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले फौजदारी मुद्दामा ठहर भएका कैद र जरिवानाको लगत बढ्दै जानु र असुलीमा प्रभावकारिता नहुनु गम्भीर चुनौतीको विषय रहेको भन्दै यस्तो अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।उनले भने, ‘न्यायको सार केवल फैसला वा आदेशमा सिमित हुदै
काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै समूहले अन्तरिम सरकारमाथि दबाब दिन शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो।हिजो सोमबारदेखि सुरु भएको आन्दोलनमा सहभागीहरूले विभिन्न प्लेकार्ड र नारामार्फत सरकारको आलोचना गरेका छन्। उनीहरूले वर्तमान नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।आन्दोलनकारीहरूका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सुखद भेटवार्ता भएको असिम शाहले बताएका छन्। रवि–बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ,’ शाहले फेसबुकमा लेखेका छन्, ‘रवि र बालेन–दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई।’लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। वार्ता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.