राजनीति

    Showing 201-210 of 7,458 items.
  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष ने

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 87 पटक पढिएको
  • युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

    काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेस

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 86 पटक पढिएको
  • मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम

    जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।अब उपरान्त सबै स्थानीय तहले स्

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 86 पटक पढिएको
  • कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् ।शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 87 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् । कार्यक्रममा आयुक्तहरू डा।जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालास

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 73 पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चितको मागसहित सर्वोच्चमा रिट

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ ।राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ लगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानुनी सहायतामा शुक्रबार सर्वोच्च अदालतमा रिट नं.०८२डब्लुओ ०६५३ (उत्प्रेषण) दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।रिट निवेदनमा नेपाल स

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 89 पटक पढिएको
  • काठमाडौं महानगरको नगरसभाः स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

    काठमाडौं— काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० ज

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 466 पटक पढिएको
  • कास्कीमा १७ हजारभन्दा बढी नयाँ मतदाता दर्ता

    कास्की— आगामी निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यसअघिको निर्वाचनमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा यसपटक १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन्।जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिमा उल्लेखित सङ्ख्यामा आवेदन प्राप्त भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।उनका अनुसार प्राप्त आवेदनबारे कार्यालयले आवश्यक अध्ययन तथा प्रमाणीकरणको काम गरिरहेको छ। प्रक्रिया पूरा भएपछि नयाँ मतदाता समेटिएको अन्तिम नाम

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 358 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तार हुँदै, पूर्वरथी बालानन्द शर्मा मन्त्री नियुक्त हुने तयारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। सोही क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्ने तयारी भएको हो।प्रधानमन्त्री कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने तयारी गरेकी बताइए पनि यसबारे अन्तिम निर्णय भने औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। स्रोतका अनुसार शर्माको शपथ ग्रहण आज दिउँसो २ बजे शीतल निवासमा तय गरिएको छ।शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन्। साथै कोभिड–१९ महामारीका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि उनको भूमिका रहेको थियो।शर्मा मन्त्रिपरिषद्मा समावेश भएसँगै

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 352 पटक पढिएको
  • सञ्चारमन्त्री खरेलको ओलीसँग भेट, तीन दलबीच संवादको पहल तीव्र

    काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास गुण्डुमा दुवैबीच भेटघाट भइरहेको छ।आगामी निर्वाचनको वातावरण सहज बनाउन सरकारले ठूला दल र प्रमुख नेतासँग सम्बन्ध सुधारमा जोड दिँदै संवाद प्रक्रिया अघि बढाएको छ। यसका लागि उच्चस्तरीय समिति गठन गरेर छलफललाई तीव्र बनाइएको छ।सोही क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्ताका लागि ओलीलाई औपचारिक निम्तो दिएको बताइएको छ।यसअघि खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् भने ओलीसँगको भेटपछि नेकपा

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 343 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा