बिर्तामोड । प्रतिनिधिसभा विघटन विरुद्ध सबै राजनीति दल र नागरिक समाज लागिरहेका बेला कलाकार र स्रष्टाले पनि प्रदर्शन गरेका छन् । ‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन शुक्रबार भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको छ ।आन्दोलनमा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी थिए ।प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले
विर्तामोड / केहि दिन अघि सरकारले पूर्व भिभिआईपी र भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनको लागि भन्दै कटौति गर्ने निर्णय गरेपछि पुर्वराजपरिवारले असन्तुष्टि व्यक्त गरेको छ । गृहमन्त्रालयले नयाँ कार्यविधि बनाएर सुरक्षाकर्मी फिर्ताको लागि पत्राचार गरेपछि राजपरिवार असन्तुष्ट बनेको हो । मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी प्रयोग गरिएको भन्दै फिर्ता ल्याउन सुरु गरेपछि सो विषयमा राजपरिवारले निजी सचिव मार्फत असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट फुटेको पार्टी माधव नेपाल–पुष्पकमल दाहाल समूहमा अहिले पार्टीभित्रनै मतभेद देखिन थालेको छ । वि. सं. २०७७ माघ १९ गते बसेको स्थायी समिति बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेपछि नयाँ महासचिव मनोनयनमा पार्टी भित्रनै मतभेद देखिन थालेको हो । पार्टीका नेताहरुले आफ्नो निकट व्यक्तिलाई सचिव बनाउन लागिरहेका छन् । महासचिवका लागि पुष्पकमल दाहालको निकट व्यक्ति वर्षमान पुन र जनार्दन शर्मा दैडधुप गिररहदा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि महासचिव हुन विभिन्न कसरत सुरु गरेका छन् । माओवादी कित्ताका तीन जना नेताले पार्टी महासचिवका लागि कसरत गरी रहँदा
बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ । झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । उनलाई राज्य विरुद्धको कसुर सम्बन्धि ऐनको दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार रुपैय
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्को विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ ।
काठमाडौं । सरकारको दवावमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ । सरकार विरुद्द आक्रामक रुपमा प्रस्तुत हुँदै आएकी झाक्रीलाई पक्राउ गर्न नेकपाको ओली पक्षले दवाव दिँदै आएको थियो । बुधवार नेकपाको विरोध सभामा आक्रमक रुपमा प्रस्तुत भएकी झार्कीलाई पक्राउका लागि सत्तासिन ओली पक्षवाट दवाव वढेपछि प्रहरीले पक्राउका लागि तयारी अघि वढाएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी गराएको छ । गृहमन्त्रालयका एक अधिकारीले गुप्तचर खबरलाई दिएको जानकरीका अनुशार राष्ट्रपति विरुद्द गम्भिर एवं संगिन आरोप लगाएको अभियोगमा कारवाही गर्न नेकपाको ओली पक्षवाट दवाव भएपछि प्रहरीलाई सोधपुछ अनि
काठमाडौंं / प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । प्रदर्शनी मार्गमा सभा चल्दै गर्दा एउटा तस्बिर सामाजिक संजालमा ‘भाइरल’ बन्यो ।प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेता ‘विरोध–प्रदर्शन’ लेखेको व्यानरसहित र्यालीको अग्रपंक्तिमा देखिएको तस्बिरमा भारतीय झण्डा समेत रहेको एउटा तस्विर सामाजिक संचालमा भाईरल बन्यो । सामाजिक संजालमा तस्विर भाईरल भएपछि सोहि तस्विरलाई आधार बनाएर ओली पक्षिय नेकपाको पत्रकार संगठनमा रहेका पत्रकारहरुले केहि अनलाईन पत्रिकामा समाचार सम्म तयार पारे । ओली पक्षिय नेकपाका नेता तथा कार्य
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् । उनले केपी ओलीको वर्तमान सरकार काम चलाउ मात्र हो तर यसलाई काम चलाउ भनेर पनि घोषणा नभएकाले सरकार पूर्णत अवैधानिक भएको पनि बताएका छन् । अवैधानिक सरकारले गरेका सबै निर्णय र नियुक्तिका विरुद्ध आन्दोलन गर्नु परेको पनि उनले बताए । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाइसकेको पनि नेता श्रेष्ठले बताए ।
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी छिन् । ओली अब ढलेको घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् । ओली तानाशाह भएकाले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् । प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।
काठमाडौँ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित संसद विघटनको मुद्धाको बहस आजबाट पुनः शुरु हुँदैछ ।संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि हालसम्म पनि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरिसकेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.