राजनीति

    Showing 10,181-10,190 of 10,379 items.
  • क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

    काठमाडौँ / नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो । केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्ट

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 92 पटक पढिएको
  • दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको छ : बसन्तकुमार नेम्बाङ

    काठमाडौं / सरकारले नेपालमा दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको जनाएको छ ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा सडक सञ्जालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सो कुरा बताएका हुन् । प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको सरकारको दावी छ ।मुलुकमा पूर्वाधारको क्षेत्रमा सडकअन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै उनले सरकारको चाहनासुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने दावी गरे । केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विक

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 134 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ । नयाँ सरकार गठनबारे अलमलमा देखिएको कांग्रेसको आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।पार्टी उपसभापति विमलेन्द्र निधिका अनुुसार आजको बैठकमा अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न र महाधिवेशनको कार्यतालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्नेबारे छलफल हुनेछ ।माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 130 पटक पढिएको
  • ओली हाम्रो पार्टीको गौरवको चिरहरण गर्दैछन् : नेता भुषाल

    काठमाडौं  / नेकपा एमाले नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको हुर्मत लिएर गल्ती गरेको भन्दै आम जनतासँग माफी मागेका छन् ।नेता भुषालले समाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेका छन्, ‘उनले (ओली) हाम्रो पार्टीको गौरवको चिरहरण गर्दैछन्, हामीले सामना गरौँला–गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’नेता भुषालले केपी ओलीमा सत्ताभोगको असीमित त

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 241 पटक पढिएको
  • नेकपाको फैसलामा पुनरावलोकन अनुमति नहुने

    काठमाडौँ / सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले आज पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरावलोकन अनुमति नदिने आदेश गरेको हो ।सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ऋषि कट्टेलको पार्टीको भएको र तत्कालीन नेकपा(एमाले) र तत्कालीन नेकपा ९माओवादी केन्द्र० कानूनीरूपमा अलग–अलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न यही फागुन १७ गत

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 105 पटक पढिएको
  • दुई न्यायाधीशविरुद्ध सात उजुरी

    काठमाडौँ / प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा. चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा. चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आ

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 98 पटक पढिएको
  • समर्थन फिर्ता लिने सम्बन्धमा माओवादीले छिट्टै निर्णय लिने

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।“आज अनौपचारिक बैठक बस्यो । एक/दुई दिनभत्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरुप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो”, उनले भने, “अहिले पनि परिस्थिति अझै स

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 122 पटक पढिएको
  • संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा : उपेन्द्र यादव

    काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको धरापमा परेको बताएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको बताएका हुन् ।‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले वास्तवमा ठूलो आशा गरेका थिए । अब देश राजनीतिकरूपले संस्थागत भएर जान्छ भन्ने । तर, अहिले अर्कै अवस्था छ’, उनले भने, ‘प्रधानमन्त्रीजी यहीँ हुनु हुन्छ, मलाई मन्त्रिपरिषद्को यस्तो निर्णय सुन्दा दुख लागेको छ । यो गणतन्त्रको भविष्यमा

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 89 पटक पढिएको
  • संसद्लाई प्रभावकारी बनाउन माग

    काठमाडौँ / पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनिहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा डिला सङ्ग्रौला पन्तले काम विहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।सांसद दिलेन्द्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 107 पटक पढिएको
  • ‘ओलीले मलाई पार्टी सदस्यता दिएको होइन’

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने बताएका छन् । केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेता नेपालले आफू समाधान भएको दावी गरे ।बुधबार युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटनको समारोहमा नेता नेपालले भने, ‘केपी ओली केही पनि होइनन् । न आन्दोलन, न त संगठन । ओली भनेको गुटको अर्को नाम मात्र हो ।’उनले केपी ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्ने बताए । उनले आफूहरुले २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । नेता नेपालले भने, ‘उहाँ सुध्रिनु्हन्छ भन्ने लाग्दैन । तर, आशाको सानो त्यान्द्रो बाँकी छ ।’न

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.