राजनीति

    Showing 10,071-10,080 of 10,379 items.
  • मन्त्री मनाङेको खुस्कियो पद

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै ११ दिन अघि मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे पदमुक्त भएका छन् । मन्त्री नियुक्त भएकै दिन उनले  दुई हप्तामै यो सरकार ढल्ने बताएका थिए ।गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सफल हुने देखेपछि राजीनामा दिएका हुन् । विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि सोमबार मतदान हुँदैछ ।मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 502 पटक पढिएको
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।नेकपा एमाले संसदीय दलको बैठकपछि गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । त्यस अगाडी नै उनले राजीनामा दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 88 पटक पढिएको
  • विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

    काठमाडौँ / विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता  तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने जनाइएको छ  । बैठकले कोरोना कहरले

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 91 पटक पढिएको
  • जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल

    काठमाडौँ  / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् । स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उनले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताएका हुन् । “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उनले भने । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 100 पटक पढिएको
  • मत नदिने बरु तटस्थ बस्ने जसपाको निर्णय

    काठमाडौं  / जनता समाजवादी पार्टी (जसपा)ले तथस्थमा बस्ने निर्णय गरेको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफलपछि सीधै बालुवाटार छिरेका जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विश्वासको मत नदिने’ बताएका हुन् ।प्रधानमन्त्री ओलीसँग भेटमा उनले विश्वासको मत नदिने आफूहरु तटस्थ बस्ने जानकारी गराएका जसपाका एक नेताले बताए । उनका अनुसार सभापति देउवासँग पनि तटस्थ बस्नेबारे छलफल भएको थियो । देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र य

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 113 पटक पढिएको
  • लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

    बुटवल  / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले बताए ।हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 97 पटक पढिएको
  • ठाकुरको दौडधुप : देउवालाई भेट्नेवित्तिकै बालुवाटारमा

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेबहादुर देउवालाई भेट्नेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।सभापति देउवासँग करिब ढेड घण्टा छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुरको यो दौडधुप प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन रहेको बताइन्छ । तर, प्रधानमन्त्री ओलीलाई मत दिने–नदिनेबारे औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका थिए ।जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 101 पटक पढिएको
  • संवैधानिक परिषद बैठक स्थगित गर्न माग

    काठमाडौं  / नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थागित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले भाग नलिने भनिसकेको भन्दै बैठक स्थागित गर्न माग गरेका हुन् ।विज्ञप्ति मार्फत अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको समेत आरोप लगाएका छन् । त्यस्तै, लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक संवैधानिक परिषदको बैठकमार्फत स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।बैठक स्थागित गर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 100 पटक पढिएको
  • संक्रमित सांसदहरु पनि बैठकमा सहभागी हुने

    काठमाडौं  / कोरोना संक्रमित सांसद पनि संसद बैठकमा सहभागी हुने संघीय संसद सचिवालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यही २७ गते संसद बैठक बोलाइएको छ । सो बैठकमा संक्रमित सांसदहरु पनि सहभागी हुने सचिवालयले जनाएको हो ।हालसम्म सरकारका केही मन्त्रीसहित २५ जना सांसदहरुमा कोरोना पुष्टि भएको छ । उनीहरूलाई बस्नका लागि छुट्टै स्थान बनाइने बताइएको छ । सबै सांसदहरु मतदानमा पनि सहभागी हुन पाउनेछन् ।बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 93 पटक पढिएको
  • सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गरेका छन् । उनले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताए । “संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु”, पूर्वप्रधानमन्त्र

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.