राजनीति

    Showing 1-10 of 10,271 items.
  • कांग्रेसलाई एकढिक्का बनाउने शशांकको जोड, असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउनुपर्ने

    काठमाडौं / नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र देखिएको विभाजन र असन्तुष्टि संवादमार्फत समाधान गर्दै कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पुगेका कोइरालाले कांग्रेसभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताए। उनले पार्टीबाट अलग भएर गतिविधि गरिरहेका तथा असन्तुष्ट पक्षलाई समेत संवादमार्फत मूलधारमा फर्काउनुपर्ने धारणा राखे। कोइरालाका अनुसार पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको कारण बनाउन नहुने बताए। सबै पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 111 पटक पढिएको
  • कांग्रेस नफुट्ने कान्छाराम तामाङको दाबी

    काठमाडौं / नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ कान्छारामले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए ।देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन् ।  उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे । उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए ।उनले विधानअनुसार विशेष महाधिवेशनका लागि केन्द्रीय समितिले निर्णय गरी पारित गर्नुपर्ने भए पनि त्यसो नभएको दाबी गरे । गगन थापाले कांग्रेस सभापतिको पद ‘लुटेर लगेको’ आरोप लगाउँद

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 123 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानद्वारा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय

    काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको बैठकले आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ । महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 81 पटक पढिएको
  • पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार कार्य अघि बाढाउन प्रचण्डको आग्रह

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएको विषयमा पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।बिहीबार सामाजिक सञ्जालमार्फत प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।‘पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि सम्बन्धित

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 114 पटक पढिएको
  • देउवाको नेपाल आगमन: ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

    काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ । देउवाको स्वागतमा इतर पक्षका नेता कार्यकर्ताले विमानस्थलमा देखाउने भनिएको शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वका नेताहरुले दिइरहेको अभिव्यक्तिले कांग्रेस मात्र नभइ मुलुककै राजनीति नयाँ मोडमा प्रवेश गर्ने अनुमान सुरु भएको छ ।देउवाको स्वदेश फिर्तालाई कांग्रेस भित्रकै नेताहरुले विभिन्न कोणब

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 88 पटक पढिएको
  • कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा आयोजित ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा समितिका सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 307 पटक पढिएको
  • पार्टी दर्ताअघि नै राणा–प्रसाईंमा फाटो

    काठमाडौं । राप्रपाबाट अलगिएको डा. धवलशम्शेर राणा समूहले दुर्गा प्रसाईंसँगको सहकार्य अनिश्चित बने पनि नयाँ दल दर्ताको तयारी अघि बढाएको छ । राणाको समूहले साउन २९ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको हो । पार्टी दर्ताका लागि दिउँसो साढे १२ बजेको समयसमेत लिइसकेको बताइएको छ ।धवल पक्षका नेता मुकुन्दश्याम गिरीका अनुसार प्रसाईं पक्ष आए सहकार्य गरेरै अघि बढ्ने तर नआए पनि दल दर्ता नरोकिने स्पष्ट निर्णय छ । यसअघि राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने गरी पार्टी एकताको घोषणा गरिएको थियो । तर अहिले अधिकार र वरीयताको विवादले प्रस्तावित एकतामै संकट ल्याएको छ ।मुख्य विवाद ‘सर्वो

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 150 पटक पढिएको
  • देउवा फर्किंदै, विमानस्थलमै इतर समूहको शक्ति प्रदर्शनको तयारी

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदै गर्दा पार्टीको इतर समूहले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेको छ ।हङकङबाट बैंकक हुँदै देउवा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेतासहित ठूलो समूह विमानस्थल पुग्ने भएको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइरालासहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र नेता–कार्यकर्ताहरू अतिथि कक्षमै पुगेर देउवाको स्वागत गर्ने तयारीमा छन् ।आयोजकका अनुसार ५ हजारभन्दा बढी नेता–कार्यकर्ता विमा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 233 पटक पढिएको
  • सांसदको क्षमता अभिवृद्धिका लागि रास्वपाको तीनदिने आवासीय प्रशिक्षण

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन तीनदिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।पार्टीका अनुसार साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा प्रशिक्षण सञ्चालन हुनेछ। कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरू सहभागी हुनेछन्। रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालका अनुसार प्रशिक्षण आवासीय (क्लोज क्याम्प) स्वरूपमा सञ्चालन गरिनेछ। सांसदहरूको संसदीय कार्यसम्पादन, जिम्मेवारी र प्रभावकारी भूमिकालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन्।प्रशिक्षणका लागि प्रशिक्षकहरूको अन्तिम टुंगो

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 118 पटक पढिएको
  • सरकारका तीन निर्णय अब सर्वोच्चको कठघरामा, १२ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ

    काठमाडौं । सरकारका तीन विवादित निर्णयको संवैधानिकतामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि बहस हुँदैछ ।अध्यादेशमार्फत पदाधिकारी पदमुक्ति, ट्रेड युनियन अधिकार खारेजी र सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध परेका १२ वटा रिटमाथि इजलासले सुनुवाइ गर्न लागेको हो ।तर मुद्दासँगै संवैधानिक इजलास गठनको विषय पनि विवादमा परेको छ । प्रधानन्यायाधीश डा। मनोज शर्माले वरिष्ठताक्रमका छैटौँदेखि नवौँ वरीयतासम्मका न्यायाधीशलाई समेटेर इजलास गठन गरेका छन् ।इजलासमा न्यायाधीशहरू विनोद शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल छन् । वरिष्ठतर्फका सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र डा। नहकुल

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.