पत्रपत्रिका

    Showing 851-860 of 1,254 items.
  • स्वास्थ्य मापदण्ड पालनामा कडाइ

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही एवं सजाय हुने जनाएको छ ।उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँहरू बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । ‘मास्क’ प्रयोग नगरेका व्यक्तिलाई

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 105 पटक पढिएको
  • लुम्बिनीका चारवटै कोरोना अस्पताल भरिए

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले भर्ना पाउन छाडेका छन् । गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा कठिनाइ भइरहेको छ ।रूपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुन्डी र बाँकेको नेपालगन्जमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन् । यीबाहेक नेपालगन्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा मात्र २ सय ४१ बेड छन् । यहाँका विभिन्न निजी अस्पतालले ३ सय ८१ बेड कोरोना संक्रमितका लागि छुट्याइएका

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 106 पटक पढिएको
  • अब चौथो संस्करणको कतारी मुद्रा नचल्ने

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) आउँदो असार १७ पछि चौथो संस्करणको कतारी मुद्रा नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले १ जुलाई २०२१ (१७ असार २०७८) देखि ती मुद्रा चलनचल्तीबाट हटाउन लागेकाले नेपालमा पनि नचल्ने भएका हुन् ।यसकारण उक्त मितिअघि नै आफूसँग भएको चौथो चरणको कतारी रियाल सटही गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर यही वैशाख २७ भित्र आफूसँग भएका कतारी मुद्रा ९रियाल० सटही गर्न निर्देशन दिएको हो ।स्रोतका अनुसार हाल राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र विदेशी बैंकमा गरी करिब २ करोड ६७ लाख कतारी रियाल छ । मंगलबारको विनिमय दरअनुसार यो करिब ८ अर्ब ५० करोड रुपै

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 105 पटक पढिएको
  • सिकिस्त बिरामी फर्काइँदै

    बिर्तामोड  (कान्तिपुर दैनिकबाट) देशभर कोरोनाका सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ सय ६० जना आईसीयू र भेन्टिलेटरमा ४५ जना रहेका छन् । कतिपय अस्पतालमा सिकिस्त बिरामी राख्ने शय्या नभएकाले फर्काउन थालेका छन् ।वैशाख १ गते ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका थिए भने वैशाख २ गते वृद्धि भई ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका थिए । ३ गते १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा रहेकामा ४ गते ९४ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा पुगेका थिए । ५ गते १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा र ६ गते १ सय ४८ जना आईसीयू र ४

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 104 पटक पढिएको
  • जसपालाई प्रधानमन्त्रीले वचन दिए–रिहाइ र मुद्दा फिर्ता प्रक्रिया यसै साताबाट

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।सरकार जोगाउन साथ खोजिरहेका प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने बताएका हुन् ।बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । करिब दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्ताका लागि केहीको प्रक्रियागत अंग पुर्‍य

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 106 पटक पढिएको
  • एमाले विवादमा पन्छिँदै आयोग

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सत्तारूढ दल एमालेमा देखिएको केन्द्रीय कमिटी बैठकको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले अझै निर्णय लिन सकेको छैन । तत्कालीन नेकपाको विवादलाई अनिर्णीत बनाएर राखेझैं अहिले एमालेमा देखिएको विवादलाई पनि आयोगले लम्ब्याएर लैजाने संकेत दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ र चैत ७ मा बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णयको वैधानिकतामाथि झलनाथ खनाल–माधवकुमार नेपाल समूहले प्रश्न उठाएका छन् । खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकता

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 99 पटक पढिएको
  • एमाले ‘फुटको डिलमा’

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका २७ सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेका छन् ।कर्णालीमा सरकार निर्माणका लागि आफ्नै पार्टीको बहुमत हुँदाहुँदै खनाल–नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गर्दा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो । खनाल–नेपाल समूहले केन्द्रमा आफूविरुद्ध पनि त्यस्तै गर्न सक्ने जोखिम देखेपछि ओलीले मंगलबार वरिष्ठ नेता खनाल र नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 106 पटक पढिएको
  • अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : निर्वाचनको तयारीमा बसौं

    बिर्तामोड ( राजधानी दैनिकबाट )नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । ‘मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेसा तयारी अवस्थामा राख्नुपर्छ ।’ ओलीले प्रतिवेदनमार्फत निर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 124 पटक पढिएको
  • २९ वर्षपछि ऐनको व्यवस्था लागू

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र ९लाइसेन्स० लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 111 पटक पढिएको
  • १७ सोलार प्लान्टलाई निर्माणको अनुमति

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवा

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा