बिर्तामोड ( कान्तिपुर दैनिकबाट) आउँदो असार १७ पछि चौथो संस्करणको कतारी मुद्रा नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले १ जुलाई २०२१ (१७ असार २०७८) देखि ती मुद्रा चलनचल्तीबाट हटाउन लागेकाले नेपालमा पनि नचल्ने भएका हुन् ।

यसकारण उक्त मितिअघि नै आफूसँग भएको चौथो चरणको कतारी रियाल सटही गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर यही वैशाख २७ भित्र आफूसँग भएका कतारी मुद्रा ९रियाल० सटही गर्न निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार हाल राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र विदेशी बैंकमा गरी करिब २ करोड ६७ लाख कतारी रियाल छ । मंगलबारको विनिमय दरअनुसार यो करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबर हो । यो तथ्यांकमा मनी चेन्जर कम्पनी, राष्ट्र बैंकका प्रादेशिक कार्यालय, रेमिट्यान्स कम्पनी, बैंक तथा वित्तीय संस्था, होटल, एयरलाइन्स कम्पनी र सर्वसाधारणसँग रहेको रियाल समावेश छैन । ती निकायसँग रहेको पैसा संकलन भएपछि वास्तविक तथ्यांक पत्ता लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

‘आफूसँग भएका चौथो संस्करणका कतारी रियाल यही वैशाख २७ भित्र राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, मनी चेन्जर कम्पनीबाट सटही गर्न यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘उक्त मितिपछि त्यस्ता नोट सटही गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, मनी चेन्जर कम्पनी बाध्य हुने छैनन् ।’

अहिले करिब ६ लाख नेपाली कतारमा कार्यरत छन् । नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख राष्ट्र पनि हो, कतार । यसकारण कतारमा कार्यरत करिब ६ लाख नेपालीसँग औसतमा ५ लाखका दरले कतारी रियाल रहेको राष्ट्र बैंकको अनुमान छ । सन् २०२२ मा कतारमा हुन लागेको विश्व कपका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि पछिल्ला वर्षमा धेरै नेपाली त्यहाँ गएका छन् । यसकारण ससानो रकममा भए पनि पनि धेरै सर्वसाधारणसँग कतारी रियाल रहेको रेमिट्यान्स कम्पनीहरू बताउँछन् ।

हाल कतारमा चौथो संस्करणको मुद्रा सञ्चालनमा छ । त्यहाँको सरकार (केन्द्रीय बैंकले) पाँचौं संस्करणको मुद्रा चलनचल्तीमा ल्याइसकेको छ । सोहीकारण १ जुलाई २०२१ देखि चौथो संस्करणका मुद्रा चलनचल्तीबाट हटाउन लागिएको हो । यस विषयमा कतारको केन्द्रीय बैंकसँग छलफल भइसकेकाले यही वैशाख २७ भित्र राष्ट्र बैंकसमक्ष आइपुग्ने रियाल साट्न समस्या नहुने बताइएको छ । तोकिएको समयभन्दा ढिलो आउने रियालको सटही गर्न नसकिने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

पाँच वर्षअघि चलनचल्तीबाट हटेको भारु पाँच सय र हजार दरका नोट भने अझै साटिएको छैन । राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा पनि भारतीय पक्षले चासो नदिँदा अझै सटही हुन नसकेको हो । भारत सरकारले २४ कात्तिक २०७३ ९९ नोभेम्बर २०१६० देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यस बेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । राष्ट्र बैंकका अनुसार नेपालको वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।