कृषि

    Showing 431-440 of 472 items.
  • ओखर खेती लगाउने प्रविधि सिक्दै स्थानीय किसान

    मुस्ताङ :मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेतीसम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन्। राज्यको तीनै तहका कृषि प्राविधिकहरू सहभागी रहेको उक्त तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन हुने  छ। सङ्घीय, प्रदेश र स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम बुधवारदेखि सुरु भएको र शुक्रवार सकिनेछ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतीका विविध प्रविधिहरू देखाउने र सिकाउने साथै ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 204 पटक पढिएको
  • गुल्मीमा एकै व्यक्तिले फलाए चार सय मुरी धान

    गुल्मी— धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने भने अझै सय मुरी उठाउन बाँकी छ । 'हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ', अर्यालले भने । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 386 पटक पढिएको
  • काठमाडौंमा तरकारीको भाउमा उच्च वृद्धि (सूचीसहित)

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौँमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ । अविरल वर्षाका कारण काठमाडौँ जोड्ने सडकहरूमा क्षति पुगेपछि यातायात अवरुद्ध भई तरकारी महँगिएको हो ।आज सुकेको प्याजको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ, जुन यसअघि ११८ रुपैयाँ ३३ पैसा थियो। लोकल गाजरको मूल्य १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा पुगेको छ भने तराई गाजर १९० रुपैयाँमा कारोबार भइरहेको छ । बन्दाको मूल्य १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा र पार्सले प्रतिकेजी २ हजार २६६ रुपैयाँ ६७ पैस

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 424 पटक पढिएको
  • भूमिहिन किसानलाई भूमि उपलब्ध गर्ने एक महिनाभित्र आयोग बन्छ : भूमि मन्त्री अधिकारी

    काठमाडौं- भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् । आज एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त, अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी एक महिनाभित्र आयोग बनाउने गरी तयारी भएको बताए । उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई कृषि व्यवसायमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए । मन्त्री अधिकारीले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई स

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 409 पटक पढिएको
  • अमेरिकी डलरको मूल्य घट्यो

    काठमाडौं–नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ । अन्य मुद्राहरुमा पनि सामान्य परिवर्तन आएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 387 पटक पढिएको
  • कालीमाटीमा आज तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य जारी गरेको छ । सार्वजनिक आजको मूल्य सूचीअनुसार विभिन्न तरकारी र फलफूलको मूल्यमा फरक देखिएको छ । भारतीय गोलभेडा ठूलो प्रतिकिलो न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू ६५ रहेको छ । त्यस्तै, लोकल गोलभेडा प्रतिकिलो रू २० देखि रू ३० सम्मको दायरामा रहेको छ ।आलुमा पनि विभिन्न प्रकारका मूल्यहरू देखिएका छन् । आलु रातोको औसत मूल्य रू ७० छ भने भारतीय आलुको औसत मूल्य रू ५७.६७ रहेको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रू १२२ देखि रू १२५ सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू १२३.६७ रहेको छ।गा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 428 पटक पढिएको
  • दानाबारीको काँचो केरामा विषादीको मात्रा उच्च

    काठमाडौं– विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च पाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रामा देखिएको छ । परीक्षणमा दुई नमुनामा कार्बामेट कीटनाशकको रोकावट प्रतिशत ५२.८५ र ५३.११ फेला परेको छ, जसले गर्दा यसलाई उपभोग अयोग्य ठहराइएको छ । अर्को नमुनामा ४४.७६ प्रतिशत कार्बामेट भेटिएकोप्रयोगशालाका प्रमुख अम्बिका बोहोराले जानकारी गराइन् । अर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 433 पटक पढिएको
  • उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता नै आर्थिक समृद्धिको आधार भएको स्पष्ट पारेका छन् । नवलपुरबाट भेट्न आएका उद्यमीले उत्पादन गरेको मह कोसेली लिँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको महत्वमा जोड दिएका हुन ।प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताका सम्भावनाबारे पनि छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकारले युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको र २५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराएको जानकारी समेत गराएका छन् । प्रधानमन्त्री ओलीले फेसबुकमार्फत लेखेका छन, ‘नवलपु

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 574 पटक पढिएको
  • आजका लागि कृषि उपजको मूल्य सार्वजनिक (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको मूल्य सार्वजनिक गरेको छ । यस सूचीमा गोलभेडा, आलु, प्याज, गाजर, काउली, मूला, भन्टा, बोडी, घिउ सिमी, टाटे सिमी, भटमासकोशा लगायतका वस्तुहरूको न्यूनतम, अधिकतम र औसत मूल्य समावेश गरिएको छ । गोलभेडाको मूल्य सूचीमा नेपाली र भारतीय उत्पादनबीच समानता देखिन्छ। गोलभेडा ठूलोको मूल्य प्रति केजी नेपाली र भारतीय दुवैमा रू ५० देखि रू ६० सम्म छ, जबकि गोलभेडा सानो (लोकल) प्रति केजी रू २० देखि रू ३० को बीचमा छ । आलुको मूल्यमा विविधता छस रातो आलुको मूल्य भारतीय उत्पादनमा प्रति केजी रू ५५ देखि रू ६० र नेपाली उत्पादनमा रू ६८ देखि रू

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 453 पटक पढिएको
  • कालीमाटी बजारमा आजका लागि कृषि उपजहरूको मूल्य सार्वजनिक

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजारले आजका लागि कृषि उपजहरूको मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ प्रति किलो, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, सानो लोकल गोलभेडा २८ रुपैयाँ, र सानो टनेल गोलभेडा ३७ रुपैयाँमा बिक्री भइरहेको छ । रातो आलु ६९ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, र रातो मुडे आलु ६२ रुपैयाँ प्रति किलो छन् । भारतीय सुकेको प्याज १२४ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, र लोकल बन्दा ६५ रुपैयाँ प्रति किलो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 481 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा