खेलकुद

    Showing 731-740 of 1,641 items.
  • त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौँ । यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी,  राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट रहेका छन् । माघ २५ सम्म सञ्चालन हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस्तो छ खेल तालिकानेपालले माघ १७ गते नेदरल्यान्

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 438 पटक पढिएको
  • अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा

    भक्तपुर । नेपालमा पहिलोपटक हुन लागेका अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा भएको छ । यही माघ १२ गते शनिबारदेखि सुरु हुन लागेको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिता नेपालकै लागि नौलो भएको आयोजक फिट नेपालका प्रमुख  राजीव श्रेष्ठले जानकारी दिए ।फिट नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले भक्तपुरको गुण्डुस्थित सुमेरु जङ्गल रिसोर्टबाट शनिबार बिहान ८ बजे सुरु भएर सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, गुण्डुको छेँडोलगायत क्षेत्र हँुदै पुनः सोही रिसोर्टमा आएर सम्पन्न हुने जानकारी दिनुभयो । ब्याकयार्ड अल्ट्रा नेपाल सात दशमलव ७०५ किलोमिटरको हुनेछ ।

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 273 पटक पढिएको
  • गोल्डकपको उपाधि झापाको राजगढलाई

    टक्सार (भोजपुर) । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले पाएको छ । बुधबार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै उपाधिको दाबेदार बनेको हो । निर्धारित समयमा दुवै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।निर्धारित समयपछिको पेनाल्टी सुट आउटमा भने राजगढले तिवारीभञ्ज्याङमाथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ राजगढका श्या

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 265 पटक पढिएको
  • राष्ट्रिय पुरुष बास्केटबलमा गण्डकी प्रदेश च्याम्पियन

    कास्की । पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१–७८ अङ्कको झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बनेको हो । खेलमा गण्डकीले पहिलो क्वाटरमा २४–१८ अङ्कले अग्रता बनाए पनि दोस्रो क्वाटरमा बागमती २२–१७ अङ्कले अघि रह्यो । तृत्तीय क्वाटरमा समेत गण्डकी १७–२६ अङ्कले पछि रह्यो । तर अन्तिम क्वाटर गण्डकीले २३–१२ अङ्कले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीले रु एक लाख ११ हजार एक सय ११, ट्रफी र मेडल प

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 258 पटक पढिएको
  • आगामी शनिबार राइट टु प्रोटिन दौड प्रतियोगिता

    काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पु

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 252 पटक पढिएको
  • विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित

    काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई÷दुई विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेल

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 334 पटक पढिएको
  • क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन्ः प्रथम राष्ट्रपति

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् ।‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल भएको छ । क्रिकेटले मानिसहरुको संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधताले जोड्ने कडिको रुपमा काम गर्न सहज गरेको छ ।’साथै उनले क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाउन मद्दत पुर्याएको बताए । क्रिकेटले देशको प

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 378 पटक पढिएको
  • नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

    काठमाडौँ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा ग¥यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पह

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 325 पटक पढिएको
  • खो–खो विश्वकपमा नेपाल उपविजेता

    काठमाडौं । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।महिलातर्फ नेपाल र भारत दुवैव अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाजटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो ख

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 446 पटक पढिएको
  • प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

    बैतडी ।यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुआत गरेको छ । खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् । कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुईरदुई विकेट लिए । फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.