खेलकुद

    Showing 671-680 of 1,641 items.
  • एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

    काभ्रे, २५ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।  तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 410 पटक पढिएको
  • भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

    ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।   भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।  भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो । जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।         

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 346 पटक पढिएको
  • नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

    काठमाडौं, २५ बैशाख। नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे ।  भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दाेस्राे खेल भाेली बहराइनसँग खेल्नेछ ।  नेपाली टोलीइन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदा

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 357 पटक पढिएको
  • नेपाली महिला क्रिकेट खेलाडी बैंककमा अभ्यास सुरू

    काठमाडौं, २५ बैशाख।आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ।भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ।विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।भोलि नेपालले बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।नेपाली टोलीइन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 424 पटक पढिएको
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 466 पटक पढिएको
  • साउदी लिगमा अल नासर पराजित

    रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।  गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 279 पटक पढिएको
  • फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

    काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 338 पटक पढिएको
  • हैदराबादमाथि गुजरातको शानदार जित

    काठमाडौं— आईपीएलअन्तर्गत सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले पराजित भएको हो। यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।  हैदराबादले १० मध्ये ७ खेल हारेको छ।हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो।गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लास

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 381 पटक पढिएको
  • घरेलु मैदानमै बार्सिलोनाको संघर्ष

    काठमाडौं— यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानविरुद्ध रोकिएको छ । बुधबार राति घरेलु मैदानमा बार्सिलोनाले इटालियन क्लबविरुद्ध ३–३ को संघर्षपूर्ण बराबरी खेलेको हो ।बार्सिलोनाका लामिन यमल र फेरान टोरेसले गोल गरे । स्पेनिस क्लबले अर्को एक गोल भने इन्टरका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका डेन्जेल डम्फ्रिजले दुई र मार्कुस थुरमले एक गोल थपे ।खेलको पहिलो मिनेटमै थुरमको गोलमा इन्टरले अग्रता बनाएको थियो । २१औँ मिनेटमा डम्फ्रिजले अग्रता दोब्बर बनाए । २४औँ मिनेटमा यमलले गोल गर्दै इन्टरको अग्रतालाई २–१ मा झारे । ३८औँ मिनेटमा टोरेसले गो

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 343 पटक पढिएको
  • एनएसएलमा ललितपुर सिटी र धनगढीबीच आज प्रतिस्पर्धा हुँदै

    काठमाडौं— नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ। यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 518 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.