बिर्तामोड / पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर १२ को समूह २ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित
मोरङ / चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा रोलिङ क्लब झापाले दोस्रो चरणमा प्रवेश पाएको छ ।उसले स्पर्धी च्यासल फुटबल क्लब काठमाडौलाई पाखा लगाउँदै पहिलो हापको १२ औं मिनेटमा गोल गरेको थियो । खेलमा रुपेस वर्तौलाको पासमा सुशन लामाले गोल गरेका थिए ।दोस्रो हाफको २२ औ मिनेटमा झापाको तर्फबाट विदेशी खेलाडी हेन्थी वेलेले गोल गरि खेललाई ट्राइबेकर पुर्याए । ट्राईबेकरमा चार तीन गोल अन्तरले काठमाडौंलाई झापाले बाहिरायो ।झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने च्यासल युथ क्लबका तर्फबाट अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच
काठमाडौं / अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । वार्नरले अर्धशतक बनाएपछि अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । वार्नरले ४२ बल खेल्दै १० चौका मद्दतमा ६५ रन बनाए ।पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले ७० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ र
उर्लाबारी / मोरङको लेटाङमा लेटाङ भलिबल क्लबले प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ । लेटाङ क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी खेलका विषयमा जानकारी गराएको हो। उक्त प्रतियोगिता कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबको कोर्टमा हुनेछ । प्रतियोगितामा प्रदेश १ का १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजेतालाई एक लाख एक हजार नगद सहित मेयर कप, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ, भने उपविजेतालाई ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। लेटाङ नगरपालिकाको दुई लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्
बिर्तामोड / नेपालले एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ ।पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जित र अङ्कको खोजीमा छ । इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका छन् ।ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।यस समूहमा ३ अंक जो
काठमाडौँ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।अघिल्लो वरीयतामा पनि १४ औं स्थानमा रहेको नेपाल यस पटक पनि १४ औं स्थानमा नै रहेको छ । टी–ट्वान्टीको नयाँ वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहदा भारत दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।
काठमाडौँ / पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको होे । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्ड भने अंकविहीन रहेको छ ।
बिर्तामोड / झापाको भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो ।झापाको जितमा नरेन्द्र मणि लिम्बुले ४ गोल र श्याम कुमार गोलेले एक गोल गरेका थिए । त्यस्तै हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए ।यस जितसँगै समूह ई को झापाले ३ अङ्क जोडेको छ । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । हेटौडाले २ खेलमा ३ अङ्क जोडेको छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्। त्यस्तै विधागत रुपमा उ
काठमाडौँ / एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान आज भिड्दै छन् । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ ।नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । जुन खेलमा नेपाल ५–० ले पराजित भएको थियो । छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा र अन्तिम खेलमा लेबनानसँग अक्टोबर ३१ म
बिर्तामोड / पाकिस्तानले आईसीसी टि–२० विश्वकप क्रिकेटमा भारतमाथि ऐतिहासिक जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । पाकिस्तानले भारतलाई विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गरेको हो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले ७८ र आजमले ६८ रनको योगदान दिए ।भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.