बिर्तामोड / पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।
बिर्तामोड / मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ४ १ ले पन्छाउँदै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । यी दुवै टिम बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेका थिए ।सहिद स्मारक ए डिभिजन लिगमा पहिलो स्थानमा रहेको मछिन्द्रले पोखरा रङ्गशालामा १३ औँ मिनेटमै गोलको खाता खोलेको थियो । उसका लागि उत्सव राईले पहिलो गोल गरेका थिए । त्यसपछि विदेशी खेलाडी मेुसुके ओलोमौउले ४७ औँ मिनेटमा मछिन्द्रको दोस्रो गोल गरे । उनले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनीअघि अभिषेक गुरुङले मछिन्द्रको तेस्रो गोल गरेका थि
काठमाडौँ / आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ ।भारतले आइतबार समूह चरणको खेलमा चाइनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो ।एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनुपर्छ । तर, भारतले आवश्यक खेलाडी उपलब्ध गराउन सकेको थिएन ।
एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम विरूद्व रोमाञ्चक जित निकालेको छ ।शनिबार राति म्यानचेस्टर युनाइटेडको घरेलु मैदान वल्डट्राफोर्डमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गरेपछि म्यान्यूले रोमाञ्चक जित निकालेको हो ।इन्जुरी समयको तेस्रो मिनेटमा काभानीको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।जारी सिजनमा युनाइटेडको यो ११ औं जित हो । २२ खेल खेलेको युनाइटेड लिग अंकल तालिकामा ३८ अङ्क बनाउँदै शीर्ष चारमा उक्लिएको छ ।तालिकाको शीर्ष स्थानमा ५७ अङ्कसहित म्यानचेष्टर सिटी कायमै छ। दोस्रो स्थानमा
काठमाडौँ / इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएकोमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्याण्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् भने भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड अमेरिकाबाट १–१ खेलाडील
काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग बास लिग टी(ट्वान्टी क्रिकेटमा सहभागि भएर सन्दीप शुक्रबार राति स्वदेश फर्किएका हुन् ।अघिल्लो महिना नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । ओमानमा हुने आईसीसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटका लागि सन्दीप बीबीएल नसकिँदै स्वदेश फर्किएका हुन् ।सन्दीपले होबार्ट हरिकेन्सबाट बिग बास खेलेका थिए । उनले होबार्टका लागि यस सिजनमा १४ खेल खेल्दै १४ विकेट लिएका थिए ।त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रूपमा पहिलो सार्वजनि
पोखरा / पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन् । पोखरा रंगशालामा दिउँसो २ बजे हुने प्रि–क्वाटरफाइनल खेलमा पुलिस र शेर्पाबीच प्रतिस्पर्धा हुन लागेको हो ।दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ / आर्सनललाई हराउँदै लिभरपुल लिगकप फुटबलको फाइनलमा पुगेको छ ।बिहीवार राति भएको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरमा हराउँदै लिभरपुल ६ वर्षपछि उपाधि नजिक पुगेको हो । लिभरपुलको जितमा डियगो जोटाले दुबै गोल गरे । मोहमद सलाह र सडियो माने बिनै मैदान उत्रिएको लिभरपुलले अब उपाधिका लागि चेल्सीको सामना गर्नेछ ।खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफसम्म १- ० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै फाइनल यात्रा निश्चित गरेको हो ।जोटालेनै दोस्रो हाफको ७७ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।यो सँगै सन् २०१६ को फाइनलमा
काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी –२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।क्यानले सार्वजनिक गरेको खेलाडीको सूचीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम परेका छन् । यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । य
काठमाडौं / प्रधानमन्त्री कप टिट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपीएफले जितेको छ ।किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जितसँगै एपीएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्यो ।एपीएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.