खेलकुद

    Showing ५०१-५१० of १,६४७ items.
  • नेपाल नेपालले भारतलाई २–१ ले पराजित

    काठमाडौं—  नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५७२ पटक पढिएको
  • सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

    रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३९५ पटक पढिएको
  • अमेरिकासँग नेपालको लज्जास्पद हार

    काठमाडौं— नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ ।जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टि–ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आइतबार अत्यन्त कमजोर प्रदर्शन गर्यो । जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा रुसिल उगार्करको बलमा ओपनर कुशल दोस्रो बलमै कट बिहाइन्ड भए ।६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए । उनी २९ रन

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ६३५ पटक पढिएको
  • विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

    काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३९१ पटक पढिएको
  • दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको पाँचौं विकेट

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ७८३ पटक पढिएको
  • नेपाल र अमेरिका मैदानमा, टस जितेर नेपाल बलिङमा

    काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ  । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ६२१ पटक पढिएको
  • पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध

    काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ५५० पटक पढिएको
  • फुलासी जनप्रिय युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) रामेछापलाई

    रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित श्री फुलासी जनप्रिय युवा क्लब (पीजेवाईसी) ले आयोजना गरेको तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि अखिल क्रान्तिकारीले जितेको छ ।  कात्तिक १ देखि आजसम्म सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १२ टिमबिचको प्रतिस्पर्धाबाट अखिल (क्रान्तिकारी) रामेछाप प्रथम भएको हो । फाइनल खेलमा एबीसी मन्थलीलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) रामेछाप विजेता बनेको हो। प्रतियोगितामा एबीसी मन्थली द्वितीय र आयोजक क्लब ‘पीजेवाईसी ए’ (फुलासी) तथा सृजना युवा क्लब (फर्पु)ले सान्त्वना स्थान हासिल गरेका छन्।विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई ३० हजार रुप

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ३६१ पटक पढिएको
  • ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित

    काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ७१५ पटक पढिएको
  • पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

    काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ३९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.