जीवनशैली

    Showing 171-180 of 482 items.
  • काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

    काठमाडौं— काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 514 पटक पढिएको
  • आजको मौसमः देशभर मौसम सफा रहने

     काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।यस्तै ,आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।त्यस्तै ,आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 494 पटक पढिएको
  • आजको मौसमः कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

    काठमाडौं—  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।यस्तै, राति भने कोशी, गण्ड

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 229 पटक पढिएको
  • आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।यस्तै, राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 402 पटक पढिएको
  • वायु प्रदुषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकुलता घटाउने प्रयास

    काठमाडौं— काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।  विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा रहेको विभागका प्रमुख सरिता राईले बताइन् । उनले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’ वायु प्रदुषणले बालबालिका,

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 563 पटक पढिएको
  • आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 610 पटक पढिएको
  • बञ्चरेडाँडाका माग १५ दिनभित्र पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

    काठमाडौं— सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।शनिबार बञ्चरेडाँडामा स्थानीय सरोकारवालासँगको भेटवार्तामा मन्त्री घिसिङले फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै आवश्यक कार्य तत्काल अघि बढाइने जानकारी दिए।उनले लामो समयदेखि उपेक्षित रहेको स्थानीय माग र पीडालाई सम्बोधन गर्न मन्त्रालय र काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना बीच समन्वय गरेर योजना कार्यान्वयन गरिने उल्लेख गरे।मन्त्री घिसिङले भने, “स्थानीयको जायज मागलाई सरकारले सुनेको छ। आगामी १५ दिनभि

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 651 पटक पढिएको
  • मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

    हेटौंडा— बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो ।शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५  सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानी

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 571 पटक पढिएको
  • मनाङ र म्याग्दी क्षेत्रमा अलपत्र परेका ३० जना पर्यटकको उद्धार

    काठमाडौं— देशका हिमाली पर्यटन क्षेत्रहरू मनाङ र म्याग्दीमा हिमपातका कारण अलपत्र परेका ३० जना पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो ताल बेश क्याम्पमा फसेका १५ जना र म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा फसेका अन्य १५ जना पर्यटकको उद्धार सुरक्षा निकायले गरेको हो ।मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेश क्याम्पमा हिमपातका कारण अलपत्र परेका २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा पर्वतीय उद्धार तालिम प्राप्त फौज र मेडिकल टोली

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 715 पटक पढिएको
  • तेताङमा बाढीले १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

    मुस्ताङ— वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए ।यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा कर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 664 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.