जीवनशैली

    Showing 91-100 of 326 items.
  • जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही

    काठमाडौं—  वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् । सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए ।मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान ग

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 499 पटक पढिएको
  • जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    झापा— जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी दमक नगरपालिका–१ बरगाछीकी ४६ वर्षीया सुनिता राईको मृत्यु भएको छ।साउन ११ गते बिहान करिब ४ः३० बजे ‘मर्निङ वाक’मा निस्किएकी सुनितामाथि बरगाछीस्थित सडकमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। उनको बहिनी कविता राई पनि सोही घटनामा घाइते भएकी थिइन्।दमक प्रहरीका निरीक्षक नवीन राईका अनुसार घटनापछि दुवैलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइयो, जहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।सुनिताको आज बिहान उपचारका क्रममा निधन भएको हो भने कविता राईको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 381 पटक पढिएको
  • अखिल क्रान्तिकारीका विद्यार्थीहरू २३ दिनदेखि रिले अनशनमा

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 678 पटक पढिएको
  • खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्

    काठमाडौं, ३० साउन । आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ। यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ। पाचन प्रकियामा प्रभावकारीपेटको ग्याँस, ब्लोटिंग, एसिडिटी र कब्जियतजस्ता समस्यालाई हटाउन सौंफले फाइदा गर्छ। बिहान खाएपछि चपाएर वा यसको पानी पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई डिटक्सिफिकेसन बनाउँछ।महिलाहरुको लागी लाभदायक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 280 पटक पढिएको
  • हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

    जनकपुर – समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा ग

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 611 पटक पढिएको
  • मृगाैला स्वास्थ्य बनाउन खानुहाेस् यी ४ चीज, देख्नु हुनेछ चमात्कार

    अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण शरीरमा नराम्रो प्रभाव पार्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार लिनु जरुरी छ । आउनुहोस, मृगौंला स्वास्थ्य बनाउन केही घरेलु उपायका बारेमा जानकारी लिनुहोस् । जडिबुटीःओरेगानो, अजमोद र सिलेन्ट्रो जस्ता जडिबुटीहरूले खानाको स्वाद मात्र बढाउँदैन,  यिनीहरू मृगौलाका ल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 284 पटक पढिएको
  • दार्चुलाको छाङ्गरुमा बाढीले तीन काठे पुल बगायो, गोरेटो र पाइपलाइन समेत क्षति

    दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए। 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 331 पटक पढिएको
  • मुगुमा बालविवाह कायमै

    मुगु – नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबै बन्दा बढी २० बर्ष मुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ ।आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला अस्पतालमा जम्मा २ सय २९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ ।जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ । आर्थिक बर्ष ०८१।०८२ सालम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 535 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 429 पटक पढिएको
  • कञ्चनपुरमा ३९ छाउगोठ भत्काइयो

    कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 466 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा