सिन्धुली  ।  दुधौली नगरपालिका वडा नं. १ स्थित श्री माध्यमिक विद्यालय गिचिहानी मतदान केन्द्रमा क्रियामा बसेकै अवस्थामा एकै घरका १० जनाले मतदान गरेका छन्।Messenger_creation_53BDFF8F-B500-400D-A8A0-0036A50E56C1

बुबाको निधनपछि क्रिया बसेको आठौँ दिनमा पनि परिवारका सदस्यले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। परिवारका सदस्य बिहान करिब ८ बजे मतदान केन्द्र पुगेर भोट खसालेका थिए।

छोरा काजी प्रसाद फुयालका अनुसार घरमा रहेका दुई आमा, तीन छोरा, तीन बुहारी, एक छोरी र उनी स्वयं गरी १० जनाले मतदान गरेका हुन्। बुबाको शोकका बीच पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको फुयालले बताए।